पर्ल हार्वर (हवाई), १३ पुस । अमेरिकी राष्ट्रपति बाराक ओमााबा र जापानी प्रधानमन्त्री सिन्जो आबेले हवाई राज्यको पर्ल हार्बरको भ्रमण गर्नुभएको छ ।
राष्ट्रपति बाराक ओमाबाले जापानी प्रधानमन्त्री सिन्जो आबेको यो भ्रमणलाई ‘ऐतिहासिक संकेत’ भएको यसबाट शक्ति पुनर्मिलनतर्फ गएको देखाएको बताउनुभएको छ ।
पर्ल हार्बरस्थित अमेरिकी नौ सेनाको केन्द्रंमा आयोजित यस कार्यक्रममा जापानी प्रधानमन्त्री आबे र अमेरिकी राष्ट्रपति ओबामा एक साथ उपस्थित हुनु भएको थियो । पर्ल हार्बरमा यसप्रकार एक साथ अमेरिकी र जापानी नेताहरुको भ्रमण यो पहिलो पटक हो ।
सन् १९४१ का जापानले पर्ल हार्बरमा गरेको आक्रमणमा परी करिब दुई हजार तीन सय अमेरिकी सैनिकको मृत्युभएको.थियो । प्रधानमन्त्री आबेले ७५ वर्षअघि आफ्ना मुलुकले आक्रमण गरेको सो स्थानको भ्रमण गर्दै उक्त आक्रमणको क्रममा ज्यान गुमाउनु सबैप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।
भ्रमणको क्रममा प्रधानमन्त्री आबेले युद्धको त्रासदी अल कहिल्यै दोहोरिनुहुन्न भन्ने जापानी जनताले कसम खाएको बताउनुभएको छ
जापानको यस आक्रमणपछि सन् १९४५ मा अमेरिकाले जापानी सहरहरु हिरोसिमा र नागासाकीमा आणविक आक्रमण गरेको थियो ।
सो आक्रमणहरुमा डेढ लाख व्यक्ति मारिएको विश्वास गरिन्छ । यो सहरको भ्रमण गर्ने पहिलो वाहालवाला राष्ट्रपति बाराक ओमाबा हुनुहुन्छ । रासस, एपी
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई