इस्लामाबाद, १२ पुस । क्रिसमसको पूर्वसन्ध्यामा रमाइलो गर्नेक्रममा विषाक्त मदिरा पिउँदा पाकिस्तानमा २४ जनाको मृत्युभएको छ ।
रुढीवादी मुस्लिम देश पाकिस्तानको मध्य भागमा भएको यस घटनामा विषाक्त मदिराका कारण भएको पछिल्लो यो घटना अन्य कैयाँै व्यक्ति घाइते भएका छन् ।
इस्लामाबादबाट ३३८ किलोमिटर दक्षिणमा पर्ने टोबा टेक सिंह सिटीमा रहेको क्रिश्चियन कोलोनीमा यो घटना भएको प्रहरी अधिकारीहरुले मङगलबार जनाएका छन् ।
“पछिल्लो विवरण अनुसार मुबारकबाद बस्तीमा क्रिसमस पर्व मनाइरहेका बेला २२ जना क्रिश्चियन र दुई जना मुस्लिमसहित २४ जनाको मृत्यु भएको छ,” स्थानीय प्रहरी अधिकारी इमरान अतिफले एएफपी समाचार समितिलाई बताउनु भएको छ । उहाँले कम्तीमा ६० जना विरामी परेको पनि जानकारी दिनुभएको छ ।
यसअघि गत अक्टोबरमा पनि पञ्जाब क्षेत्रमा भएको एक पार्टीमा यस्तै विषाक्त मदिराका सेवनका कारण ११ जना क्रिश्चियनको मृत्यु भएको थियो ।
सन् २०१४ को अक्टोबरमा पनि इदको सार्वजनिक विदाका दिन विषाक्त मदिराको कारण २९ जना जड्याहाको मृत्यु भएको थियो ।
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने