इस्लामाबाद, १२ पुस । क्रिसमसको पूर्वसन्ध्यामा रमाइलो गर्नेक्रममा विषाक्त मदिरा पिउँदा पाकिस्तानमा २४ जनाको मृत्युभएको छ ।
रुढीवादी मुस्लिम देश पाकिस्तानको मध्य भागमा भएको यस घटनामा विषाक्त मदिराका कारण भएको पछिल्लो यो घटना अन्य कैयाँै व्यक्ति घाइते भएका छन् ।
इस्लामाबादबाट ३३८ किलोमिटर दक्षिणमा पर्ने टोबा टेक सिंह सिटीमा रहेको क्रिश्चियन कोलोनीमा यो घटना भएको प्रहरी अधिकारीहरुले मङगलबार जनाएका छन् ।
“पछिल्लो विवरण अनुसार मुबारकबाद बस्तीमा क्रिसमस पर्व मनाइरहेका बेला २२ जना क्रिश्चियन र दुई जना मुस्लिमसहित २४ जनाको मृत्यु भएको छ,” स्थानीय प्रहरी अधिकारी इमरान अतिफले एएफपी समाचार समितिलाई बताउनु भएको छ । उहाँले कम्तीमा ६० जना विरामी परेको पनि जानकारी दिनुभएको छ ।
यसअघि गत अक्टोबरमा पनि पञ्जाब क्षेत्रमा भएको एक पार्टीमा यस्तै विषाक्त मदिराका सेवनका कारण ११ जना क्रिश्चियनको मृत्यु भएको थियो ।
सन् २०१४ को अक्टोबरमा पनि इदको सार्वजनिक विदाका दिन विषाक्त मदिराको कारण २९ जना जड्याहाको मृत्यु भएको थियो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार