लण्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले बेलायतस्थित नेपाली समुदायमाझ बेलायती नेपाली सञ्चारमाध्यमप्रति पाठकहरुको अनुभव, रुचि र आवश्यकताका बारेमा सर्भेक्षण शुरु गरेको छ ।
बेलायतका नेपाली मिडिया र पत्रकारहरुलाई पाठकको अभिरुचि बुझी सो अनुसार आफूलाई परिमार्जन र परिवर्तन गर्न मद्दत पुरयाउने उद्देश्यले सो सर्भेक्षण गर्न लागिएको सर्वेक्षणका कोअर्डिनेटर तथा शाखाका वरिष्ठ उपाध्यक्ष नरेश खपाङगीमगरले जानकारी दिए ।
गत शनिवार लण्डनस्थित नेपाली दूतावासमा गण्तन्त्र दिवस मनाउन आयोजित कार्यक्रमको अवसर पारेर बेलायतका लागि नेपाली कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीले सर्भेक्षणको सुरुवात गरे ।
नेपाली पत्रकारहरुको मूल्यांकन नेपाली समुदायबाटै हुनुपर्ने बताउंदै शाखाका अध्यक्ष चिरन शर्माले सर्भेमा भाग लिन बेलायतस्थित नेपालीहरुलाई आग्रह गरेका छन् ।
सर्भेक्षणको प्राविधिक साझेदार सेन्टर फर नेपाल स्टडिज (नेपाल अध्ययन केन्द्र), यूके छ । सर्भेक्षणमा भरिएका व्यक्तिगत विवरण्ँ गोप्य र सुरक्षेत रहने भएकाले ढुक्क भएर सहभागी हुन केन्द्रका डा. कृष्ण अधिकारीको अपिल छ ।
यस्तै, तमुधिं यूकेको आयोजनामा अल्डरशटमा सम्पन्न गोर्खाकप फुटबल प्रतियोगिता हेर्न आएका नेपालीमाझ पनि सर्भे गरिएको थियो । नेपाली टिभी, यूकेका कार्यकारी निर्देशक विजय थापाबाट शुरुवात गरिएको सो सर्भेक्षणमा करिब दुई दर्जन नेपालीले सहभागिता जनाएका थिए । सर्भेक्षणमा शाखाका केन्द्रीय पार्षद तथा पदाधिकारी, कार्यसमिति सदस्य तथा विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरुले स्वयम्सेवी रुपमा तथ्यांक संकलन गरेका थिए ।
१८ वर्ष उमेर पूरा गरेका विभिन्न उमेर समूह र विभिन्न पेशा, व्यवसायमा आवद्ध करिब २०० नेपालीमाझ सो सर्भेक्षण यूकेको फानब्रो, अल्डरशट,
पिटरबरो, स्कटल्याण्ड, वेल्स्, प्लमस्टेड, फोल्क्स्टोन लगायत नेपाली समुदायको घनाबस्ती भएको क्षेत्रमा गरिने शाखाले जनाएको छ ।अगस्ट महिनाको अन्त्यमा सर्वेक्षण पूरा गरी प्राप्त नतिजा र सुझावहरुनेपाली समुदायमाझ सार्वजनिक गरिने संयोजक खपाङ्गीमगरले जनाए ।
यूकेमा नेपालीमाझ अन्य किसिमका सर्भेहरु भए पनि मिडिया सर्भे भने यसअघि भएको छैन् ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार