मेक्सिको, १० पुस । मेक्सिकोको सवै भन्दा ठूलो पटाका बजारमा भएको विस्फोटमा परी मृत्युहुनेहरुको संख्या शनिबारसम्म ३६ पुगेको छ । ती मध्ये एक महिलाको शरिर ९० प्रतिशत जलेको छ ।
स्थानीय समयानुसार मङ्गलबार अपराह्न २ः५० बजे भएको विस्फोटमा परी २६ जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको थियो । बाँकी १० जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएपछि सो सङ्खया ३६ पुगेको अधिकारीहरले जानकारी दिएका छन् ।
घटनामा परी घाइते भएका मध्ये अरु ६० जनाको अवस्था पनि गम्भीर रहेको उनीहरुले बताएका छन् । घाइते भएका मध्ये २१ जना भने उपचारपछि घर फर्किएका छन् ।
नयाँ बर्ष मनाउनका लागि सामान किन्न उपभोक्ताहरुको अत्याधिक भिड लागेको बेला विस्फोट भएको बताइएको छ ।
नयाँबर्ष र क्रिसमसको अवसरमा ल्याटिन अमेरिकी धेरै देशहरुमा धेरै पटाका पड्काउने गरिन्छ ।
अग्नी नियन्त्रण दलमा सदस्यहरुको तीन घण्टासम्मको प्रयासपछि आगलागीलाई नियन्त्रणमा लिइएको बताइएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार