
मस्को (रसिया), ८ पुस । रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले अमेरिकी जनताको सोचलाई सही रुपमा अध्ययन गरी उनीहरुको भावना अनुरुप निर्वाचन अभियान सञ्चालन गरी विजयी हासिल गर्न रिपब्लिकन नेता तथा अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित डोनाल्ड ट्रम्प सफल भएको बताउनुभएको छ ।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पले सही ढङ्गले अमेरिकी नागरिकको भावनाको अध्ययन गरेको र उनीहरुको भावना अनुकूल अघि बढेकाले विजयी बनेका हुन् । उहाँले निर्वाचनको अन्त्यसम्म अविश्वसनीय तरिकाले आफ्नो अभियानलाई अघि बढाए । यसलाई रसियाबाहेक अन्य मुलुकले बुझ्न सकेको थिएन् । पुटिनले आफ्नो वार्षिक प्रेस सम्मेलनका क्रममा स्वदेशी सञ्चारमाध्यमका सञ्चारकर्मीसँगको कुराकानीमा बताउनुभयो ।
रसियाली राष्ट्रपति पुटिनलाई के अमेरिकी जनताले उहाँलाई समर्थन गर्छन् भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले भन्नुभयो, “मैले ठूलो सङ्ख्यामा रिपब्लिकन समर्थकले रसियाली राष्ट्रपतिलाई समर्थन गर्छन् भन्ने त लाग्दैन तर उनीहरुले रसियाको परम्परागत सोचलाई मन पराउँछन् । यो नै रसिया र अमेरिकाबीच सम्बन्ध विस्तार गर्ने सही सुरुआत हुन सक्छ ।”
अमेरिकी डेमोक्रेटिक पार्टीका इमेल ह्याक गर्ने कुरा महत्पूर्ण नभएको बताउँदै यो जसले गरेका भए पनि अमेरिकी जनतालाई ‘सही सूचना’ प्रवाह इमेल चुहावटबाटै भएको पुटिनले बताउनुभयो ।
वासिङटनले रसियामाथि इमेल ह्याकको आरोप लगाएकाप्रति सङ्केत गर्दै पुटिनले भन्नुभयो, “क्रेमलिनले यसबारे पटकपटक खण्डन गरिसकेको छ । यो त निर्वाचनमा पराजित समूहले आफ्नो नाक जोगाउने प्रयास मात्र हो । ”
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?