हाल अष्ट्रेलियामा कार्यरत एकजना नेपाली वैज्ञानिक डा. राजु अधिकारी र उहाँको अनुसन्धान टोलीका अन्य सदस्यहरुलाई सिएसआइआरओ कृषि तथा खाद्य निर्देशक पुरष्कार प्रदान गरिएको छ।
एक सयवर्ष अघि स्थापित कमनवेल्थ साइन्टिफिक एण्ड इण्डष्ट्रियल रिसर्च अर्गनाइजेशन (सिएसआइआरओ) अष्ट्रेलियाको एक प्रमुख वैज्ञानिक अनुसन्धान संस्था हो।
डा. अधिकारीलाई कृषि उत्पादन बढाउन पोलिमर प्रविधिको विकास गरेकोमा संयुक्तरुपमा उक्त पुरष्कार प्रदान गरिएको हो। अधिकारीले चिकित्सा अप्लीकेशन्समा पोलिमर सम्बन्धी कामका लागि यसअघि सिएसआइआरओ तक्मा पनि पाउनु भएको थियो। उहाँ सिएसआइआरओका दुई वटा सहायक कम्पनीहरुमध्ये एकको आविष्कारक पनि हुनुहुन्छ।
हाल अष्ट्रेलियामा परीक्षण भैरहेको उक्त प्रविधि नेपाल लगायतका कृषिप्रधान देशहरुमा पनि सफलतापूर्वक प्रयोग गर्न सकिने आफुले विश्वास लिएको वैज्ञानिक डा. अधिकारीले बताउनुभयो।
आउँदो सन् २०५० सम्ममा विश्व जनसंख्या बढेर साढे नौ अर्ब पुग्ने अनुमान गरिएको छ। बढ्दो जनसंख्याकालागि खाद्यान्न कसरी पुराउने भन्ने ठूलो चुनौती रहेको छ। थोरै पानी र रासायनिक मलको प्रयोगगरी उत्तिकै जमीनमा दीगोरुपमा खाद्यान्न उत्पादन बढाउन क्षय नहुने पोलिफेलिन भनिने रसायनमा आधारित पदार्थ विश्वभरि नै किसानहरुले प्रयोग गर्न थालेका छन्। यसबाट माटोमा रहेको पानीको ह्रास कम हुने र झारपातको वृद्धिमा पनि नियन्त्रण हुने वैज्ञानिकहरु बताउँछन्। फलफूल तथा नगदेबालीको उत्पादन बढाउन यो प्रविधि उपयोगी हुने पनि उनीहरुको भनाइ छ।
कैयौं वर्षको अनुसन्धान पछि कृषिमा प्रयोगकालागि ट्रान्सपिरेशनल भनिने यो प्रविधिको विकास गरिएको हो।
जैविक प्रविधि विशेषज्ञ डा. अधिकारी गैरआवासीय नेपाली संघ एनआरएनएको सीप, ज्ञान तथा आविष्कार समितिका संयोजक पनि हुनुहुन्छ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई