तुल्टेपेक (मेक्सिको), ६ पुस । मेक्सिकोको ठूलो पटाका बजारमा मङ्गलबार भएको भीषण विस्फोटमा परी कम्तीमा ३१ व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य ७२ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।
मेक्सिको राज्यमा प्रमुख अभियोक्ता एलेजन्ड्रो गोमेजका अनुसार सुरुमा यस विस्फोटमा परी नौ मृत्यु भएको जानकारी दिइएको थियो । तर पछि यो सङ्ख्या बढेर ३१ पुग्यो ।
घाइते मध्ये घेरैको अवस्था चिन्ताजनक भएको हुनाले यो सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको पनि उहाँले बताउनुभएको छ । स्थानीय समयानुसार मङ्गलबार अपराह्न २ः५० बजे यो घटना भएको थियो ।
दुर्घटनास्थलबाट २६ व्यक्तिको शव निकालिएको र पाँच व्यक्तिको अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि सो सङ्ख्या ३१ पुगेको राज्यका गभर्नर इरुभिइल एभिलले बताउनुभएको छ ।
सङघीय प्रहरीका अनुसार यस घटनामा घाइते भएका ७२ व्यक्तिहरुलाई अस्पतालको आकस्मिक कक्षमा उपचारको लागि राखिएको छ । तीमध्ये २१ जना भने उपचारपछि घर फर्किएका छन् ।
अग्नी नियन्त्रण दलमा सदस्यहरुको तीन घण्टासम्मको संघर्षपछि सो आगलागीलाई नियन्त्रणमा लिइएको बताइएको छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल