तुल्टेपेक (मेक्सिको), ६ पुस । मेक्सिकोको ठूलो पटाका बजारमा मङ्गलबार भएको भीषण विस्फोटमा परी कम्तीमा ३१ व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य ७२ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।
मेक्सिको राज्यमा प्रमुख अभियोक्ता एलेजन्ड्रो गोमेजका अनुसार सुरुमा यस विस्फोटमा परी नौ मृत्यु भएको जानकारी दिइएको थियो । तर पछि यो सङ्ख्या बढेर ३१ पुग्यो ।
घाइते मध्ये घेरैको अवस्था चिन्ताजनक भएको हुनाले यो सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको पनि उहाँले बताउनुभएको छ । स्थानीय समयानुसार मङ्गलबार अपराह्न २ः५० बजे यो घटना भएको थियो ।
दुर्घटनास्थलबाट २६ व्यक्तिको शव निकालिएको र पाँच व्यक्तिको अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि सो सङ्ख्या ३१ पुगेको राज्यका गभर्नर इरुभिइल एभिलले बताउनुभएको छ ।
सङघीय प्रहरीका अनुसार यस घटनामा घाइते भएका ७२ व्यक्तिहरुलाई अस्पतालको आकस्मिक कक्षमा उपचारको लागि राखिएको छ । तीमध्ये २१ जना भने उपचारपछि घर फर्किएका छन् ।
अग्नी नियन्त्रण दलमा सदस्यहरुको तीन घण्टासम्मको संघर्षपछि सो आगलागीलाई नियन्त्रणमा लिइएको बताइएको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार