जेनेभा (स्वीट्जरल्यान्ड), ५ पुस । संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी संस्था (यूएनएचसीआर) का एक महिना पहिले सुडानबाट अपहरणमा परेका दुई नेपालीसहित तीन कर्मचारी रिहा भएको संयुक्त राष्ट्रसङ्घले मङगलबार जनाएको छ ।
राष्ट्रसङ्घका यी तीनैजना कर्मचारीलाई सुडानको द्वन्द्वग्रस्त डाफर क्षेत्रबाट एक सशस्त्र समूहले गत नोभेम्बर २७ गते डाफर प्रान्तको राजधानी एल जेनैनाबाट अपहरणमा परेका थिए ।
राष्ट्रसङ्घका शरणार्थी मामिला प्रमुख फिलिप्पो ग्रान्डीले एक महिना पहिले अपहरणमा परेका शरणार्थी नियोगमा कार्यरत दुई जना नेपाली नागरिक सरुन प्रधान र रमेश कार्की र एक सुडानी नागरिक मुसा ओमर मुसा मोहमद रिहा गरिएको बिहीबार एक विज्ञप्ति जारी गरी जनाउनुभएको छ ।
उहाँले आफ्नो कर्मचारीको रिहाइको पहलका लागि सुडानी सरकार र सुरक्षाकर्मीप्रति आभार व्यक्त गरेको छ ।
राष्ट्रसङ्घले अपहरण मुक्त उनीहरुका बारेमा यसभन्दा बढी विस्तृत जानकारी उपलब्ध गराएको छैन ।
तत्काल यस समयमा हाम्रा सहकर्मीको स्वास्थ्य र हितका लागि र उनीहरुका प्रियजनको हितका लागि ध्यान केन्द्रित गरिने यूएनएचसीआरका प्रवक्ता एड्रिएन एडवार्डसले सञ्चारकर्मीसँग बताउनुभयो ।
सम्भव भएसम्म सबै कार्य उनीहरुको रेखदेखको वातावरण सिर्जना गर्न यूएनएचसीआर लागिपरेको एडवार्डले बताउनुभयो ।
यूएनएचसीआरका कर्मचारीहरु विश्वभर अति नै कठिन परिस्थितिकाबीच आफ्ना परिवारबाट लामो समयसम्म टाढा रहेर समस्यामा परेको मानिसको सेवामा दत्तचित्त रहने गर्छन, उहाँले भन्नुभयो ।
अरू मानवीय सहयोग गर्ने व्यक्तिलाई जस्तो उनीहरुलाई अपहरणको खतरा, हिंसा र धम्की आउन नहुने प्रवक्ता एडवार्डले बताउनुभयो ।
एडवार्डले आफ्नो सङ्गठनद्वारा सुडानमा दिइँदै आएको सेवालाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयोे ।
पछिल्ला केही वर्षमा सुडानमा मानवीय सहयोगमा खटिएका कैयौँ स्वदेशी तथा विदेशीलाई अपहरण गर्ने गरेका पाइएको छ ।
सन् २००३ मा डाफर प्रान्तमा भड्किएको द्वन्द्वपछि करिब तीन लाख मानिस यस क्षेत्रमा मारिएका र २५ लाखभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई