काठमाडौँ, ४ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिज्बीच आज भेटवार्ता भएको छ ।
सिहंदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा आज भएको भेटमा उहाँहरुबीच नेपालको संविधान संशोधन प्रस्ताव र निर्वाचनको विषयमा कुराकानी भएको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
राजदूत टेप्लिज्ले संविधान संशोधनको प्रस्तावमा एमालेको अवरोध र निर्वाचन सम्बन्धमा एमालेको धारणाका विषयमा जिज्ञासा राख्नुभएको थियो ।
सो अबसरमा अध्यक्ष ओलीले संविधान संशोधन प्रस्ताव राष्ट्र हितमा नभएको हुँदा एमालेले त्यसको विरोध गरेको बताउँदै निर्वाचनमा जाने सरकारको कुुनै तयारी नदेखिएको जानकारी गराउनुभयो ।
उहाँले निर्वाचन गर्न पार्टीले कुनै पनि अवरोध नगर्ने पनि बताउनुभएको उहाँका प्रेस संयोजक अधिकारीले जानकारी दिनुभयो ।
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइची
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बेलायतवासी कवि दाहालको नयाँ कृति ‘एक अस्तित्व आलाप’ सार्वजनिक
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
यौन सम्बन्ध राख्दा ‘जन्मसिद्ध अधिकारजस्तो व्यवहार’ गरेको बेलायतका राजकुमार एन्ड्र्युमाथि आरोप
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतसहित ११ देशका नेपाली राजदूतलाई फिर्ता बोलाउने नेपाल सरकारको निर्णय
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन