काठमाडौँ, ४ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिज्बीच आज भेटवार्ता भएको छ ।
सिहंदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा आज भएको भेटमा उहाँहरुबीच नेपालको संविधान संशोधन प्रस्ताव र निर्वाचनको विषयमा कुराकानी भएको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
राजदूत टेप्लिज्ले संविधान संशोधनको प्रस्तावमा एमालेको अवरोध र निर्वाचन सम्बन्धमा एमालेको धारणाका विषयमा जिज्ञासा राख्नुभएको थियो ।
सो अबसरमा अध्यक्ष ओलीले संविधान संशोधन प्रस्ताव राष्ट्र हितमा नभएको हुँदा एमालेले त्यसको विरोध गरेको बताउँदै निर्वाचनमा जाने सरकारको कुुनै तयारी नदेखिएको जानकारी गराउनुभयो ।
उहाँले निर्वाचन गर्न पार्टीले कुनै पनि अवरोध नगर्ने पनि बताउनुभएको उहाँका प्रेस संयोजक अधिकारीले जानकारी दिनुभयो ।
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा विदेशबाट पनि मतदान गर्न मिल्ने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब