लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले बाग्मती नदी किनारस्थित शंखमुल घाटमा एउटा वातावरणमैत्री उद्यान (पार्क) बनाउने भएको छ । बात्मती नदीको उत्तरी किनार बंगलामुखी जाने पुलदेखि पूर्व झण्डै ३२ रोपनी क्षेत्रमा उद्यान निर्माण गर्न लागिएको हो ।
परियोजना अघि बढाउन अधिकार सम्पन्न बाग्मती सभ्यता विकास समिति र गैर आवासीय नेपाली संघबीच छिट्टै एउटा समझदारीपत्रमा हस्ताक्षर हुने संघले जनाएको छ ।
‘झण्डै दुई करोडको लागतमा निर्माण गरिने उक्त उद्यान बाग्मती सभ्यताको संरक्षण तथा प्रवद्र्धनमा संसारभर फैलिएका नेपालीहरुको योगदानको चिनोका रुपमा रहनेछ’, संघका महासचिव कुमार पन्तले भने ।
यसका लागि गैर आवासीय नेपालीहरुबाट रकम संकलन तथा डिजाइन आदि कामको समन्वय गर्न संघको कल्याणकारी तथा मानवीय सहायता समितिको हालै बसेको बैठकले समितिका सहअध्यक्ष कुल आचार्यलाई जिम्मा दिएको छ ।
पन्तका भनाइमा, उक्त उद्यानमा स्थायी प्रकृतिका संरचना निर्माण गरिने छैन् । साथै तारवारको सट्टा वानस्पतिक घेरा एवं सौन्दर्य वृद्धि तथा पानी शुद्ध गर्ने खालका विरुवा लगाइने छ । पार्कको दीर्घकालिन संरक्षणका लागि गैर आवासीय नेपाली संघले आफ्नै खर्चबाट माली नियुक्त गर्ने योजना रहेको पन्तले सुनाए । स्पेनको बार्सिलोना शहरमा यही जुन ७ र ८ मा हुने सातौं युरोेपेली क्षेत्रीय बैठक तथा पांचौं युरोपेली महिला सम्मेलनका बेला परियोजनाका लागि सहयोग जुटाउने तयारी छ ।
एनआरएनए आइसीसी सदस्य तथा संघको कल्याणकारी तथा मानवीय सहायता समितिका सहअध्यक्ष कुल आचार्यले बाग्मती नदीको संरक्षण जस्तो पवित्र काममा सहभागी हुन पाउनु समस्त गैर आवासीय नेपालीहरुका लागि गौरवको विषय रहेको बताए । आचार्यले यही सप्ताहन्तमा स्पेनमा हुन लागेको
संघको युरोप क्षेत्रीय बैठकका सहभागीहरु सबैलाई मन खोलेर उद्यान निर्माण परियोजनामा सघाउन अपिल गरेका छन् ।
उनले उद्यान निर्माणमा सहयोग गर्ने गैर आवासीय नेपाली संघका राष्ट्रिय समितिहरु, संघसंस्था तथा व्यक्तिहरुका नाम पार्कभित्र एउटा आकर्षक शिलालेखमा उल्लेख गर्ने सोच रहेको समेत बताए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा