लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले बाग्मती नदी किनारस्थित शंखमुल घाटमा एउटा वातावरणमैत्री उद्यान (पार्क) बनाउने भएको छ । बात्मती नदीको उत्तरी किनार बंगलामुखी जाने पुलदेखि पूर्व झण्डै ३२ रोपनी क्षेत्रमा उद्यान निर्माण गर्न लागिएको हो ।
परियोजना अघि बढाउन अधिकार सम्पन्न बाग्मती सभ्यता विकास समिति र गैर आवासीय नेपाली संघबीच छिट्टै एउटा समझदारीपत्रमा हस्ताक्षर हुने संघले जनाएको छ ।
‘झण्डै दुई करोडको लागतमा निर्माण गरिने उक्त उद्यान बाग्मती सभ्यताको संरक्षण तथा प्रवद्र्धनमा संसारभर फैलिएका नेपालीहरुको योगदानको चिनोका रुपमा रहनेछ’, संघका महासचिव कुमार पन्तले भने ।
यसका लागि गैर आवासीय नेपालीहरुबाट रकम संकलन तथा डिजाइन आदि कामको समन्वय गर्न संघको कल्याणकारी तथा मानवीय सहायता समितिको हालै बसेको बैठकले समितिका सहअध्यक्ष कुल आचार्यलाई जिम्मा दिएको छ ।
पन्तका भनाइमा, उक्त उद्यानमा स्थायी प्रकृतिका संरचना निर्माण गरिने छैन् । साथै तारवारको सट्टा वानस्पतिक घेरा एवं सौन्दर्य वृद्धि तथा पानी शुद्ध गर्ने खालका विरुवा लगाइने छ । पार्कको दीर्घकालिन संरक्षणका लागि गैर आवासीय नेपाली संघले आफ्नै खर्चबाट माली नियुक्त गर्ने योजना रहेको पन्तले सुनाए । स्पेनको बार्सिलोना शहरमा यही जुन ७ र ८ मा हुने सातौं युरोेपेली क्षेत्रीय बैठक तथा पांचौं युरोपेली महिला सम्मेलनका बेला परियोजनाका लागि सहयोग जुटाउने तयारी छ ।
एनआरएनए आइसीसी सदस्य तथा संघको कल्याणकारी तथा मानवीय सहायता समितिका सहअध्यक्ष कुल आचार्यले बाग्मती नदीको संरक्षण जस्तो पवित्र काममा सहभागी हुन पाउनु समस्त गैर आवासीय नेपालीहरुका लागि गौरवको विषय रहेको बताए । आचार्यले यही सप्ताहन्तमा स्पेनमा हुन लागेको
संघको युरोप क्षेत्रीय बैठकका सहभागीहरु सबैलाई मन खोलेर उद्यान निर्माण परियोजनामा सघाउन अपिल गरेका छन् ।
उनले उद्यान निर्माणमा सहयोग गर्ने गैर आवासीय नेपाली संघका राष्ट्रिय समितिहरु, संघसंस्था तथा व्यक्तिहरुका नाम पार्कभित्र एउटा आकर्षक शिलालेखमा उल्लेख गर्ने सोच रहेको समेत बताए ।
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
अमेरिकामाथि नेपालको जित
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन