मस्को (रसिया), ४ पुस । रसियाको साइबेरियाली सहर इरकुस्कमा मदिराका रूपमा ‘वाथलोसन’ पिएपछि ४१ जनाको मृत्यु भएको पुष्टि भएपछि इरकुस्कमा सोमबार आपतकाल घोषणा गरियो ।
स्थानीय अधिकारीले इरकुस्कमा आपतकालीन अवस्था घोषणागरी थप मानिसको मृत्यु नहोस् भनी मदिराको रूपमा लिइने ‘वाथलोसन’ व्यापारीमाथि निगरानी बढाएका छन् भने रसियाली सुरक्षा अनुसन्धान संस्थाले घटनाको छानबिन सुरु गरेको छ ।
स्थानीय प्रशासनले लोसनको बिक्रीमा संलग्न भएको आशङ्कामा कैयौँ मानिसलाई प्रहरी नियन्त्रणमा लिएको छ ।
यसैबीच रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले घटनालाई ‘हृदयबिदारक दुःखद घटना’ भन्दै यसबारे राष्ट्रपतिलाई जानकारी गराइएको बताउनुभयो ।
इरकुस्कको क्षेत्रीय प्रशासनले जनाएअनुसार मृतक सबैमा मिथानोल नामक विषाक्त पदार्थ भेटिएको र यो वाथलोसन पिएका कारण भएको जनाएको छ । अस्पतालमा अझै १५ जना सोही कारण गम्भीर अवस्थामा उपचारारत् भएको जनाइएको छ । लोसनको बोटलमा स्पष्ट उक्त पदार्थ बाहिरी प्रयोगका लागि मात्रै प्रयोग गर्न सकिने सङ्केत भए पनि यहाँका स्थानीयवासीले मदिराको सस्तो विकल्पका रूपमा यसलाई पिउने गरेको पाइएको छ ।
रसियाली प्रधानमन्त्री दिमित्री मादवेदेवले मन्त्री परिषद् बैठकमा उक्त पदार्थको बिक्रीमा प्रतिबन्ध लगाउने बताउनुभएको छ ।
प्रधानमन्त्री मालवेदेवले तत्कालैे टेलिभिजन सम्बोधनमार्फत मदिराको प्रयोजनका लागि वाथलोसनको बिक्री हुनु घृणित कार्यभएको बताउँदै यसलाई अन्त्य गर्न आवश्यक कदम चाल्न स्थानीय प्रशासनलाई निर्देशनसमेत दिनुभयो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार