जेनेभा, २८ मङ्सिर । इराकको मोसुल सहरमा सैनिक कारबाही सुरु भएपछि त्यहाँबाट अहिलेसम्म ९१ हजार भन्दा बढी विस्थापित भएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)ले सोमबार जनाएको छ ।
एक हप्ता अगाडी सम्म सो ठाउँबाट विस्थापित हुनेहरुको संख्या ८१ हजार १०८ रहेका थिए । इराकको उत्तरी सहर मोसुलबाट १५ हजार २०० परिवार विस्थापित भएका हुन् । इराकको उत्तरी सहर मोसुलमा जारी द्वन्द्वको कारण उनीहरु घरवार छोड्न बाध्य भएका बताइएको छ ।
आइओएमका तथ्याङ्कका अनुसार सैनिक कारबाहीको कारण विस्थापित भएका ती व्यक्तिहरुमा ७६ प्रतिशतलाई शिविरमा राखिएको छ ।
सन् २०१४ को जुन महिनाबाट इस्लामिक स्टेट (आइएस) लडाकूको नियन्त्रणमा गएको यो सहर इराक सैनिकले गत अक्टोबर १७ देखि पुनः नियन्त्रणको लागि सुरु गरेको कारबाहीमा कुर्दिस पेशमेर्गा लडाकू समूहले पनि सहयोग गरेका थिए ।
सो कारबाहीको क्रममा अमेरिकाआवद्ध संयुक्त सेनाले हवाई आक्रमणलगायत स्थल कारबाहीमा पनि सहयोग गरिरहेको छ ।
जारी एक प्रतिवेदनअनुसार, झण्डै पाँच हजार आइएस लडाकूहरुले मोसुल नियन्त्रणमा लिएको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार