रोम इटाली, २८ मङ्सिर । इटालीका नवनियुक्त प्रधानमन्त्री पाओलो जेन्टिलोनीले सोमबार मन्त्रीपरिषद् गठन गर्नुभएको छ ।
संसदमा रहेका राजनीतिक शक्तिहरुसँगको छोटो छलफलपछि उहाँले सोमबार अबेर इटालीका राष्ट्रपति सर्जियो माटेरेलालाई मन्त्रीहरुको नामावली बुझाउनु भएको हो । उहाँले बुझाएको मन्त्रीहरुको नामावलीमा १८ जनाको नाम रहेको थियो ।
नव नियुक्त प्रधानमन्त्री ६२ वर्षीय जेन्टिलोनीलाई संक्रमणकालीन सरकारको नेतृत्व गर्दै सन् २०१८ को फेब्रुअरीमा संसदीय निर्वाचन गर्ने जिम्मेबारी दिएको छ ।
तत्कालिन प्रधानमन्त्री मटेओ रेन्जीले राजीनामा दिएपछि निवर्तमान परराष्ट्र मन्त्री जेन्टिलोनीलाई आईतबार राष्ट्रपति माटेरेलाले प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको हो ।
इटालीमा संवैधानिक सुधार विषयमा भएको जनमत सङ्ग्रहमा रेन्जीको विपक्षमा मत परिणाम आएपछि उहाँले राजीनामा दिनुभएको थियो ।
जेन्टिलोनीलाई निवर्तमान प्रधानमन्त्री रेन्जीको निकट सहयोगीका रूपमा लिइन्छ । त्यसकारण रेन्जीको राजनीतिक कार्ययोजनालाई नवनियुक्त प्रधानमन्त्रीले पनि अगाडि बढाउने विश्लेषकहरुले विश्लेषण गरेका छन् ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई