रोम इटाली, २८ मङ्सिर । इटालीका नवनियुक्त प्रधानमन्त्री पाओलो जेन्टिलोनीले सोमबार मन्त्रीपरिषद् गठन गर्नुभएको छ ।
संसदमा रहेका राजनीतिक शक्तिहरुसँगको छोटो छलफलपछि उहाँले सोमबार अबेर इटालीका राष्ट्रपति सर्जियो माटेरेलालाई मन्त्रीहरुको नामावली बुझाउनु भएको हो । उहाँले बुझाएको मन्त्रीहरुको नामावलीमा १८ जनाको नाम रहेको थियो ।
नव नियुक्त प्रधानमन्त्री ६२ वर्षीय जेन्टिलोनीलाई संक्रमणकालीन सरकारको नेतृत्व गर्दै सन् २०१८ को फेब्रुअरीमा संसदीय निर्वाचन गर्ने जिम्मेबारी दिएको छ ।
तत्कालिन प्रधानमन्त्री मटेओ रेन्जीले राजीनामा दिएपछि निवर्तमान परराष्ट्र मन्त्री जेन्टिलोनीलाई आईतबार राष्ट्रपति माटेरेलाले प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको हो ।
इटालीमा संवैधानिक सुधार विषयमा भएको जनमत सङ्ग्रहमा रेन्जीको विपक्षमा मत परिणाम आएपछि उहाँले राजीनामा दिनुभएको थियो ।
जेन्टिलोनीलाई निवर्तमान प्रधानमन्त्री रेन्जीको निकट सहयोगीका रूपमा लिइन्छ । त्यसकारण रेन्जीको राजनीतिक कार्ययोजनालाई नवनियुक्त प्रधानमन्त्रीले पनि अगाडि बढाउने विश्लेषकहरुले विश्लेषण गरेका छन् ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’