इस्तानबुल, २६ मङ्सिर । टर्कीको सवै भन्दा ठूलो सहर इस्तानबुलको मध्यभागमा शनिबार राती भएको दुई वटा बम बिस्फोटमा परी २९ व्यक्तिको मृत्यु भएको छ ।
सो विस्फोटमा परी २७ प्रहरी अधिकृत र दुई सर्वसाधारणको मृत्यु भएको छ । उक्त घटनामा अन्य १६६ जना घाइते भएका स्थानीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
बेसिक्टास जिल्लाको खेलमैदानमा फुटबल प्रतियोगिता सकिएको डेढ घण्टापछि मानिसहरुको भिडभाड भइरहेका बेला ड्युटीमा रहेका प्रहरीलाई लक्षित सो विस्फोट गराइएको गृहमन्त्री सुलेम्यान सोएलुले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
फुटबल प्रेमीहरुले खेलमैदान छाडेपछि मात्रै घटनास्थलमा विस्फोट भएको उपप्रधानमन्त्री नुमान कुर्तुल्मु बताउनु भयो । बिस्फोट धेरै शक्तिशाली भएको र बोस्फोरसको दुवै तर्फ सुनिएको थियो ।
घाइते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको र १७ जनाको शल्यक्रिया भईरहेको स्वास्थ्य मन्त्री रेसेप आक्डगले जानकारी दिनुभयो ।
राष्ट्रपति रेसेप तायिप इर्डोगानले ट्विटर एकाउण्टमा “हाम्रो संघर्ष जारी छ,” लेख्नु भएको छ ।
इस्तानबुलमा पछिल्लो बम आक्रमण गत जुनमा भएको थियो। त्यतिबेला अन्तराष्ट्रिय विमानस्थलमा तीनवटा आत्मघाती बम हमला भएका थिए भने ४५ जनाको मृत्यु भएको थियो।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार