पेरिस (फ्रान्स), २५ मङ्सिर । सिरियाको प्राचीन सहर अलेप्पोमा राष्ट्रपति बसर अल असद र उहाँका सहयोगीहरुद्वारा कारबाहीलाई तीव्रता दिएका बेला अमेरिकी विदेशमन्त्री जोन केरीलगायतका विश्वका अधिकारीले सर्वसाधारणको समस्याप्रति चासो व्यक्त गर्दै निराश प्रतिपक्षीको सुरक्षाका लागि पहल थालेका शनिबार जनाएका छन् ।
अलेप्पोबाट दशौँहजार मानिस आफ्ना घर छाडेर विस्थापित भइरहेको समयमा अमेरिकी विदेशमन्त्री केरीले आफू अलेप्पो र अलेप्पोवासीको सुरक्षाका लागि अहोरात्र खटिरहेको बताउनुभयो ।
“म अलेप्पो र अलेप्पोवासीलाई पूर्ण नाश हुन नदिन लागिपर्नेछु” – केरीले भन्नुभयो ।
अमेरिकी विदेशमन्त्री केरी, युरोपेली तथा अरवी कूटनीतिज्ञले सिरियाली प्रतिपक्षी दलका वरिष्ठ सदस्यसँग शनिबार पेरिसमा भेट गर्नुभएको छ । भेटको व्यवस्था फ्रान्सेली विदेशमन्त्री जाँ मार्क आयरुल्टले मिलाउनुभएको बुझिएको छ ।
यसैबीच, अमेरिकी तथा रसियाली सैन्य विज्ञहरुबीच पनि जेनेभामा भेटवार्ता भएको छ । उनीहरुले अलेप्पोबाट बाहिर भागेका प्रतिपक्षीका विषयमा विस्तृत जानकारी जम्मा गरी उनीहरुको व्यवस्थापनका लागि काम गर्ने जनाएका छन् ।
पश्चिमी मुलुकको सहयोगमा सिरियाली सरकारविरुद्ध सङ्घर्षरत प्रतिपक्षीको भाग्यमाथि रसियालगायतका सिरियाली राष्ट्रपति वसर अल असदका सहयोगीद्वारा पूर्वी अलेप्पोलाई कब्जामा लिन सफल भएपछि सङ्कट देखापरेको छ ।
सिरियामा असदविरुद्ध विगत पाँच वर्षदेखि सङ्घर्षरत प्रतिपक्षीलाई उनीहरुको नियन्त्रणमा रहेको अलेप्पो सहर आफ्नो पकड बाहिर पुगेपछि समस्या देखिएको हो ।
शुक्रबार राति पेरिसमा अलेप्पो समस्याबारे बोल्दै अमेरिकी विदेशमन्त्रीले ‘मानिसहरु निरन्तर हुने बैठकदेखि निराश बनिसकेका छन् । सिरियाका सर्वसाधारणको मृत्यले स्तब्ध पारिरहेको छ । अब पनि बैठक उपलब्धिपूर्ण नहुने हो भने मेसेच्युटमा सुन्दर बिदा मनाउने योजनासहित निराश फर्किनुको विकल्प छैन ।
संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत सामन्थ पावरले यस हप्ता अलेप्पोमा खाद्यान्नलगायतको आधारभूत सामग्री आपूर्ति गर्न रसियाका कारण नसकिएको आरोप लगाउनुभयो ।
उहाँले राष्ट्रपति असदको प्रशासनले रसियाको सहयोगमा सिरियाली विद्यालय, अस्पताल, सर्वसाधारणका गाउँहरु ध्वस्त पारेको दाबी गर्दै अहिले सिरियाली जनता औषधि, खाद्यान्नलगायत जीउनका लागि आधारभूत सामग्रीको अभावका बाँचिरहनुपरेको छ भन्नुभयो ।
यता रसियाले भने राष्ट्रपति असदको इस्लामिक अतिवादी समूहमाथिको कारबाहीमा सहयोग पुरयाएको बताएको छ ।
राष्ट्रसङ्घका लागि रसियाली राजदूत भाइटली चुर्किनले सिरियाली प्रतिपक्षीमा अतिवादी इस्लामिक समूहको विचारले प्रधानता पाएको भन्दै सिरियामा नरम दलीय प्रतिपक्षीको धारणा हराएर गएको प्रतिक्रिया दिनुभएको तास न्यूज एजेन्सीले जनाएको छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल