मेउरेडु (इन्डोनेसिया) २३ मङ्सिर । पश्चिमी इन्डोनेसियाको आचे प्रान्तमा बुधबार आएको शक्तिशाली भूकम्पमा परी एक सयभन्दा बढी व्यक्तिको मृत्यु भएपछि घाइतेहरुको लागि शीघ्र औषधी र चिकित्सकको लागि अधिकारीहरुले आग्रह गरेका छन् ।
सो भूकम्पमा परी १०२ व्यक्तिको मृत्यु भएको छ भने सयौं व्यक्ति घाइते भएका छन् । यस भूकम्पमा परी ७ सय भन्दा बढी घाइते भएका र ती मध्ये कैयौको अवस्था चिन्ताजनक रहेको प्रकोप नियन्त्रण निकायले जानकारी दिएको छ ।
यस भूकम्पबाट अत्यन्तै प्रभावित भएको आचे प्रान्तको पिडाइ जया जिल्लामा मानवीय र सम्पत्तिको ठूलो क्षति भएको र घाइतेको सङ्ख्या पनि घेरै रहेका हुनाले औषधी र उपचारको लागि बढी चिकित्सकको आवश्कता परेको प्रकोप नियन्त्रण विभागका अधिकारीले जानकारी दिएका छन् ।
कम मात्र गहिराईमा केन्द्रविन्दु भएर आएको यस ६.५ रिक्टर स्केल मापन गरिएको शक्तिशाली भूकम्पको कारण आचे प्रान्तमा रहेका सयौ घर, मस्जिद व्यापारिक भवनहरु ध्वस्त भएका छन् ।
इन्डोनेसियाको आचे प्रान्त सन् २००४ मा आएको सुनामीबाट पनि अति प्रभावित भएको थियो ।
भूकम्प ६.५ रिक्टर स्केलको मापन गरिएको र भीषण क्षति भएको इन्डोनेसियाली अधिकारीहरूले जानकारी दिएका थिए ।
यस शक्तिशाली भूकम्पको कारण सयौँ घरलगायत आधारभूत संरचना ध्वस्त भएका हुनाले मृतकको सङ्यासमेत बढ्ने अनुमान गरिएको छ ।
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल