
आक्रा (घाना), २२ मङ्गसिर । पश्चिमी अफ्रिकाली राष्ट्र घानामा बुधबार आमनिर्वाचन शुरु भएको छ । यहाँको बालिग मताधिकार सूचिमा एक करोड पचासलाख भन्दा बढी मतदाताहरुको नाम दर्ता भएको छ ।
मुलुकभरका २९ हजार मतदान केन्द्रहरु बुधबार बिहान ०७ः०० बजेदेखि नै खुल्ला रहेका छन् । यस निर्वाचनमा वर्तमान राष्ट्रपति जोहन ड्रामानि महामा र संसद्को सबभन्दा ठूलो बिपक्षी दल – न्यु प्याट्रियोटिक पार्टीका नेता नाना आकुफो अड्डोबीच कडा प्रतिस्पर्धा हुन गै रहेको छ ।
राष्ट्रपति महामा सत्तारुढ दल – नेसनल डेमोक्र्याटिक काँग्रेसबाट हुनुहुन्छ । यसपालिको आम निर्वाचनमा उहाँ दोस्रो र अन्तिम पटक उठ्नु भएको हो । घानामा निर्वाचित राष्ट्रपतिको कार्यकाल चार वर्षको हुन्छ ।
बहूसंख्यक घानी जनतामाझ राष्ट्रपति महामा लोकप्रिय र सम्मानित हुनु भएता पनि उहाँको प्रथम चार बर्षे कार्यकालमा मुलुकमा आर्थिक बिकासको गति अत्यन्त मन्द भएको, राष्ट्रिय रोजगारीको संख्यामा बृद्धि नभएको र देश चर्को मूल्यबृद्धिको मारमा परेको जस्ता आरोप लगाइँदै आएको छ ।
स्थानीय समयानुसार आज बेलुकी पाँच बजेपछि मतदान केन्द्र बन्द गरिने र निर्वाचन परिणाम आगामी शुक्रबारसम्म घोषणा गरिने घानाको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रपतिको पदका अतिरिक्त मुलुकका दुइसय पचहत्तर जना सांसद्हरुको पनि आजै निर्वाचन हँुदैछ । घानामा निर्वाचित सांसद्हरुको कार्यकाल पनि चार वर्षकै रहेको छ ।
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल