
आक्रा (घाना), २२ मङ्गसिर । पश्चिमी अफ्रिकाली राष्ट्र घानामा बुधबार आमनिर्वाचन शुरु भएको छ । यहाँको बालिग मताधिकार सूचिमा एक करोड पचासलाख भन्दा बढी मतदाताहरुको नाम दर्ता भएको छ ।
मुलुकभरका २९ हजार मतदान केन्द्रहरु बुधबार बिहान ०७ः०० बजेदेखि नै खुल्ला रहेका छन् । यस निर्वाचनमा वर्तमान राष्ट्रपति जोहन ड्रामानि महामा र संसद्को सबभन्दा ठूलो बिपक्षी दल – न्यु प्याट्रियोटिक पार्टीका नेता नाना आकुफो अड्डोबीच कडा प्रतिस्पर्धा हुन गै रहेको छ ।
राष्ट्रपति महामा सत्तारुढ दल – नेसनल डेमोक्र्याटिक काँग्रेसबाट हुनुहुन्छ । यसपालिको आम निर्वाचनमा उहाँ दोस्रो र अन्तिम पटक उठ्नु भएको हो । घानामा निर्वाचित राष्ट्रपतिको कार्यकाल चार वर्षको हुन्छ ।
बहूसंख्यक घानी जनतामाझ राष्ट्रपति महामा लोकप्रिय र सम्मानित हुनु भएता पनि उहाँको प्रथम चार बर्षे कार्यकालमा मुलुकमा आर्थिक बिकासको गति अत्यन्त मन्द भएको, राष्ट्रिय रोजगारीको संख्यामा बृद्धि नभएको र देश चर्को मूल्यबृद्धिको मारमा परेको जस्ता आरोप लगाइँदै आएको छ ।
स्थानीय समयानुसार आज बेलुकी पाँच बजेपछि मतदान केन्द्र बन्द गरिने र निर्वाचन परिणाम आगामी शुक्रबारसम्म घोषणा गरिने घानाको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रपतिको पदका अतिरिक्त मुलुकका दुइसय पचहत्तर जना सांसद्हरुको पनि आजै निर्वाचन हँुदैछ । घानामा निर्वाचित सांसद्हरुको कार्यकाल पनि चार वर्षकै रहेको छ ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?