काठमाडौँ, २२ मङ्सिर । संयुक्त युवा विद्यार्थीले संविधान संशोधन प्रस्ताव फिर्ताको माग गर्दै प्रधानमन्त्री निवास वालुवाटारअगाडि प्रदर्शन गरेका छन् ।
उनीहरुले संशोधन प्रस्तावले देशलाई विखण्डनतिर लैजान थालेको भन्दै आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई संशोधन फिर्ताको माग गर्दै प्रदर्शन गरेका हुन् । ‘देश टुक्र्याउन पाइँदैन, संशोधन प्रस्ताव मान्दैनौँ’, ‘राष्ट्रघाती षडयन्त्रको भण्डाफोर गरौँ’ भन्ने नारा लगाउँदै प्रदर्शन गरेका छन् ।
प्रदर्शनपछि आयोजित कोणसभामा युवा सङ्घ नेपालका उपाध्यक्ष रमेश पौडेल, अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौला लगायतले सम्बोधन गर्दै संशोधन प्रस्तावले देशलाई विखण्डनतिर लैजाने भएकाले फिर्ता गर्न माग गर्नुभएको थियो ।
प्रदर्शनमा विपक्षी दलका भ्रातृ सङ्गठन, युवा सङ्घ नेपाल, अनेरास्ववियु, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्गठन, प्रगतिशील युवा सङ्घ, अखिल नेपाल युवक सङ्घ तथा अखिल छैटौँको सहभागिता थियो ।
सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेसँगै संयुक्त युवा विद्यार्थीले फिर्ताको माग गर्दै प्रदर्शन गर्दै आएका छन् ।
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’