जाकार्ता २२ मङ्सिर । पश्चिमी इन्डोनेसियाको आचे प्रान्तमा बुधबार आएको शक्तिशाली भूकम्पमा कम्तीमा ९७ व्यक्तिको मृत्यु भएको छ ।
यस भूकम्पमा परी अन्य १९० जना घाइते भएका छन् । भूकम्प ६.४ रिक्टर स्केलको मापन गरिएको र भीषण क्षति भएको इनडोनेसियाली प्रकोप नियन्त्रण निकायका अधिकारीले जानकारी दिएका छन् ।
यस शक्तिशाली भूकम्पको कारण सयौं घरहरुलगायत आधारभूत संरचनाहरु ध्वस्त भएको प्रान्तीय प्रकोप नियन्त्रण निकायका सङ्कटकालीन समूहका प्रेस अधिकृत हेनी नुरमाइनीले टेलिफोनमार्फत सिन्ह्वा समाचार समितिलाई जानकारी दिएकी छिन् ।
यस भूकम्पबाट अत्यन्तै प्रभावित भएको पिडाइ जया जिल्लामा मानवीय र सम्पत्तिको ठूलो क्षति भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
भूकम्प प्रभावित क्षेत्रमा उद्धारकार्य जारी रहेको हेनीले जानकारी दिएकी छिन् । भूकम्पले अत्यन्त प्रभावित जिल्ला पिडाइ जयामा भत्किएका भवन भग्नावशेषमा दर्जनौ व्यक्ति फसेका बताइएको छ ।
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल