जकार्ताा (इन्डोनेसिया), २१ मङ्सिर । इन्डोनेसियाले सन् २०१७ का लागि एक करोड ५० लाख विदेशी पर्यटक भित्र्याउने योजना मङ्गलबार सार्वजनिक गरेको छ ।
इन्डोनेसियाका पर्यटक मन्त्री एरिएफ याहयाले सञ्चारकर्मीसँगको कुराकानीमा भन्नुभयो, पर्यटन व्यवसायलाई थप व्यवस्थित गर्दै यहाँको अर्थतन्त्रमा योगदान पुरयाउनका लागि सरकारले देश तथा विदेशमा यसका लागि पहल थालिसकेको र लक्ष्यमा पुग्न कठिन नहुने बताउनुभयो ।
इन्डोनेसियाको सन् २०१७–२०१९ को लक्ष्यलाई पूरा गर्न सरकारले इन्डोनेसियाली सङ्घसंस्था तथा राष्ट्रिय पर्यटन उद्योगसँग सम्पूर्णं स्रोत र साधनको उपयुक्त प्रयोग गर्दै सहकार्य गर्नेछ, उहाँले भन्नुभयो ।
उहाँले इन्डोनेसियाको वर्तमान सरकारको ‘पाँच खम्बे’ नीतिको सहयोगमा सन् २०१९ सम्म वार्षिक दुई करोड पर्यटक भित्र्याउने लक्ष्यलाई पूरा गर्न बृहद् कार्यक्रमका साथ अघि बढेकोसमेत जानकारी गराउनुभयो ।
इन्डोनेसियामा पर्यटन क्षेत्रले देशको कुल गाहस्र्थ उत्पादनको पाँच प्रतिशत योगदान पुरयाउँदै आएको छ । जसले एक करोड १७ लाख रोजगारीका अवसर सिर्जना गरेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा