जकार्ताा (इन्डोनेसिया), २१ मङ्सिर । इन्डोनेसियाले सन् २०१७ का लागि एक करोड ५० लाख विदेशी पर्यटक भित्र्याउने योजना मङ्गलबार सार्वजनिक गरेको छ ।
इन्डोनेसियाका पर्यटक मन्त्री एरिएफ याहयाले सञ्चारकर्मीसँगको कुराकानीमा भन्नुभयो, पर्यटन व्यवसायलाई थप व्यवस्थित गर्दै यहाँको अर्थतन्त्रमा योगदान पुरयाउनका लागि सरकारले देश तथा विदेशमा यसका लागि पहल थालिसकेको र लक्ष्यमा पुग्न कठिन नहुने बताउनुभयो ।
इन्डोनेसियाको सन् २०१७–२०१९ को लक्ष्यलाई पूरा गर्न सरकारले इन्डोनेसियाली सङ्घसंस्था तथा राष्ट्रिय पर्यटन उद्योगसँग सम्पूर्णं स्रोत र साधनको उपयुक्त प्रयोग गर्दै सहकार्य गर्नेछ, उहाँले भन्नुभयो ।
उहाँले इन्डोनेसियाको वर्तमान सरकारको ‘पाँच खम्बे’ नीतिको सहयोगमा सन् २०१९ सम्म वार्षिक दुई करोड पर्यटक भित्र्याउने लक्ष्यलाई पूरा गर्न बृहद् कार्यक्रमका साथ अघि बढेकोसमेत जानकारी गराउनुभयो ।
इन्डोनेसियामा पर्यटन क्षेत्रले देशको कुल गाहस्र्थ उत्पादनको पाँच प्रतिशत योगदान पुरयाउँदै आएको छ । जसले एक करोड १७ लाख रोजगारीका अवसर सिर्जना गरेको छ ।
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल