वेलिङ्गटन, २० मङ्गसिर । न्युजिल्याण्डका प्रधानमन्त्री जोन किले सोमबार आफ्नो पदबाट अप्रत्याशित रुपले राजिनामा दिनु भएको छ । बिगत आठ वर्षदेखि सफलतापूर्वक पदभार सम्हाल्दै आई न्युजिल्यान्डमा प्रधानमन्त्री जोन कि ले लोकप्रियता कमाउनु भएको थियो ।
अत्यन्त भावुक भै थरथराएको आवाजमा प्रधानमन्त्रीले आफ्नो राजिनामाको घोषणा गर्नासाथ सम्पूर्ण मुलुक स्तब्ध भएको थियो ।
आगामी वर्ष न्युजिल्याण्डमा हुन गै रहेको आम निर्वाचनमा वर्तमान प्रधानमन्त्री जोन फेरी चौथो पटक पनि उठ्ने अडकल धेरैजसो राजनीतिज्ञ तथा आम जनताहरुले गरेका थिए । तर यस जनभावना बिपरित प्रधानमन्त्रीको राजिनामाको घोषणाले आम जनतालाई अचम्मित तुल्यायो ।
आफ्नो आठ वर्षे कार्यकालमा पारिवारिक सुख शान्तिको कुनै चिन्ता नै नगरी राष्ट्रका निम्ति निरन्तर योगदान पुरयाएको, सबै जनताप्रति समर्पित रहेको, कहिले पनि बदनाम हुनु नपरेको, जनतामाझ लोकप्रियता कमाएको र न्युजिल्यान्डको राजनीतिक शिखरमा पुगेको परिप्रेक्षमा सबैले वाह वाह गरिरहेकै बखत पदत्याग गर्नु उत्तम र उचित लागेरै राजिनामा दिएको भन्ने प्रधानमन्त्री जोनको कथन छ ।
प्रधानमन्त्री जोनको दल – नेशनल पार्टीको केन्द्रिय भेला आगामी डिसेम्बर १२ का दिन आयोजना गरिएको छ ।
सो भेलाले पार्टीका नयाँ प्रमुख र प्रधानमन्त्रीको उम्मेदवारको पनि चयन गर्नेछ । सोही दिन न्युजिल्याण्डका राष्ट्रप्रमुख – गभर्नर जनरल समक्ष औपचारिक राजिनामा पेश गर्ने आफ्नो कार्यक्रम रहेको प्रधानमन्त्री जोनले खुलासा गर्नुभयो ।
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल