
अलेप्पोमा विस्थापित परिवार चार वर्षपछि आफ्नो घर हेर्न फर्कंदै । सरकारी सैन्य फोर्सले अलेप्पो पुनः आफ्नो नियन्त्रणमा लिएपछि मानिसहरु घर फर्कन थालेका छन् । । तस्विरः एपी
अलेप्पो (सिरिया), २० मङ्सिर । सिरियामा विद्रोहीको बलियो प्रभाव रहेको प्रान्तमा आइतबार भएको संदिग्ध रसियाली हवाई आक्रमणमा कम्तीमा ४६ सर्वसाधारणको मृत्यु भएको छ ।
संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले सोमबार अलेप्पो प्रान्तमा स्थायी युद्धविरामको मतदानको तयारी गरिरहेको अवस्था सो हवाई आक्रमण भएको छ । सिरियाको ठूलो सहर अलेप्पोमा पुनःनियन्त्रणका लागि रिसियाली सरकारले भीषण आक्रमण गरिरेहको छ ।
यसै क्रममा अलेप्पोको पूर्वी जिल्ला ६० प्रतिशत भन्दा बढी सरकारी सेनाले पुनः नियन्त्रणमा लिएको छ । सन् २०१२ मा विद्रोहीले सो जिल्ला नियन्त्रणमा लिएको थियो ।
त्यसैगरी उत्तरपश्चिमी सिरियाको इदलिब प्रान्तको कफ्र नबेल सहरमा संदिग्ध रसियाली हवाई आत्रक्रममा कम्तीमा २६ व्यक्तिको मृत्यु भएको बेलायतसँग आवद्ध सिरियन अबजरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ ।
चालकरहित विमानले सो सरहको बजार इलाकासहित कैयाँै स्थानमा प्रहार गरेको प्रयत्क्षदर्शीले एएफपी समाचार समितिलाई जानकारी दिएको छ ।
त्यसैगरी संदिग्ध रसियाली हवाई आक्रमणमा मारेत अल नुमान सहर १८ व्यक्तिको मृत्यु एएफपी फोटो पत्रकारले जानकारी दिएका छन् ।
सिरियामा सन् २०११ को मार्च महिनाबाट सिरियाली राष्ट्रपति बसार अल असादको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।
यस गृहयुद्धमा इस्लामिक स्टेट र अल कायदाजस्ता आतङ्ककारी समूह पनि हाबी हुँदै गए । यस युद्धमा परी सन् २०११ देखि हालसम्म तीन लाख भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको र दशौँ लाख व्यक्ति घाइते भएका छन् ।
त्यसैगरी देशभित्र र छिमेकी देशमा लाखौँ व्यक्तिले शरणार्थी जीवन बिताउन बाध्य भएका छन् ।
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप