ओकल्यान्ड (पश्चिम क्यालिफोर्निया), १९ मङ्सिर । अमेरिकी राज्य क्यालिफोर्नियाको एक गोदामघरमा शुक्रबार भएको आगलागीबाट कम्तिमा ४० जनाको मृत्यु भएको हुनसक्ने भन्दै अग्नी नियन्त्रक अधिकारीले मृतकका शरीर जम्मा गरिरहेका बताएका छन् ।
यद्यपि अहिलेसम्म प्राप्त सूचनाअनुसार नौ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
सान फ्रान्सिस्को नजिकैको सहर ओकल्यान्डमा शुक्रबार राति भएको उक्त घटनापछि सम्पर्कमा आउन नसकेका मानिसका आफन्तजनले लामो पर्खाइपछि पनि आफ्ना प्रियजनलाई भेट्न नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।
उक्त गोदामघरको एक तलामा रहेको ‘रेभ पार्टी’ (सङ्गीत तथा अन्य मोजमस्तीसहितको सेवा) प्रदान गर्ने रेस्टुरेन्टबाट आगलागी सुरु भएको बताइएको छ ।
उक्त भवनमा आगलागी नियन्त्रणका लागि कुनै सुविधा नभएकाले ठूलो क्षति हुन पुगेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट थाहा भएको अग्नी नियन्त्रकले जनाएका छन् ।
भवनभित्र आगलागी भएपछि भवनको छानाबाट सुन्तला रङ्गको ज्वाला निस्केको प्रत्यक्षदर्शीले बताएका छन् । भवनभित्र भएका मानिसको एकीन सङ्ख्या भने अझै थाहा हुन नसकेको एलनिडा काउन्टी सेरिफका विभागीय प्रमुख सर्जेन्ट रे केलीले बताउनुभयो ।
उहाँले नौ जनाको मृत शरीर भेटिइसकेको र अझै दुई दर्जन मानिस भवनभित्र हराएका सूचना प्राप्त भएको बताउनुभयो ।
भवनको भग्नावशेषभित्र थुप्रै मानिस पुरिएर रहेको हुनसक्ने उहाँले बताउनुभयो । अधिकारीले हराएका मानिसको खोजी कार्य जारी राखेको बताएका छन् ।
आगलागी हुँदा ५० देखि १०० जना मानिस भवनभित्र रहेको अपुष्ट समाचार बाहिर आए पनि केहीले आगलागीपछि भागेर बाँच्न सफल भएका थिए ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई