मेडिलिन (कोलम्बिया), १८ मङ्सिर । कोलम्बियामा गत सोमबार भएको विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको शव शुक्रबार ब्राजिल लगिएको छ ।
ब्राजिलका खेलाडीको टोली रहेको उक्त विमान घटना हुँदा ७१ जनाको मृत्यु भएको थियो ।
उनीहरुको शव स्वदेश फर्काउदा उनीहरुलाई अन्तिम विदाई गर्न फुल, सेतो बेलुन र झण्डा लिएर हजारौंँ मानिस विमानस्थल वरीपरिका सडकमा आएका थिए ।
कोलम्बियाको पहाडी इलाकामा ठोक्किएर भएको विमान दुर्घटना इन्धन अभावको कारण भएको बताइएको छ ।
दुर्घटना हुनु अगाडि विमानका चालकले विमानमा इन्धनको अभाव भएको र इन्जिनले काम गर्न छाडेको सुचना ‘कन्ट्रोल टावर’मा पठाएको जानकारी दिएका थिए ।
कोलम्बियाका सञ्चारमाध्यमले बुधबार जनाएअनुसार मेडेलिन नजिकै दुर्घटना हुनु अगाडि विमानका चालकले “यहाँ इन्जिनले काम गर्न छाड्यो, इन्धन पनि छैन,” भनेका थिए ।
दुर्घटनामा परी दक्षिण अमेरिकाको दोस्रो ठूलो फुटबल प्रतियोगिताका लागि गएका ब्राजिलका फुटबल खेलाडी र २० जना पत्रकारलगायत ७१ को मृत्यु भएको थियो । यस दुर्घटनालाई खेलको इतिहासमा नै अत्यन्त दुखद घटनाका रूपमा लिइएको छ ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा