थाइल्यान्ड, १७ मङ्सिर । थाइल्यान्डका नयाँ राजा महा भाजिरालोङकोर्नले आफ्ना स्वर्गिय पिताको सम्झनामा शुक्रबार प्रार्थना गर्नुभएको छ ।
पिताको देहावसानपछि राजा नियुक्त हुनुपर्ने महा भाजिरालोङकोर्नको औपचारिक राज्यारोहन झण्डै सात हप्ता ढिला भएको थियो । उहाँ राजा बन्नु भएपछि पहिलो पटक प्रार्थनाका लागि बैंककको ग्राण्ड प्यालेसमा देखिनुभएको थियो ।
टेलिभिजनबाट प्रत्यक्ष प्रसारणसमेत गरिएको प्रार्थना समारोहमा नयाँ राजा महा भाजिरालोङकोर्नलाई पहिलो झलकको रुपमा देखिएको थियो ।
उहाँका पिता भूमिबोल अदुल्यादेजको गत अक्टोबार १३ मा सात दशक लामो शासनकाल पछि ८८ वर्षको अमेरमा निधन भएको थियो ।
थाइल्यान्डमा राजगद्दी उत्तराधिकारीसम्बन्धी नियम गोप्य रहेको छ र उत्तराधिकारी हुन अनेकौँ चरणका प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था छ ।
चौँसठ्ठी वर्षीय युवराज भाजिरालोङकोर्नलाई चार दशक अगाडि नै नरेश भूमिबोल अदुल्यादेजको उत्तराधिकारीको रूपमा घोषणा गरिएको थियो ।
नयाँ राजाको नियुक्तीसँगै थाइल्याण्ड फेरी नयाँ र अनिश्चित युगमा प्रवेश गरेको छ । भुमिबोललले सङ्कटको समयमा मध्यस्थकर्ताको ख्याति कमाएको भएपनि नयाँ राजाले त्यस्तो भूमिका खेल्नेमा धेरैले आशङ्का गरेका छन् । उहाँले विमानचालक सम्बन्धि तालिम लिनुभएको छ ।
थाइल्याण्डमा एक वर्षको शोक अवधिसम्म अन्त्येष्टिको संस्कार कायम रहन्छ र युवराज भाजिरालोङकोर्नले राजकुमारी सिरिनधोर्नलाई सो कामको जिम्मेवारी सुम्पनुभएको छ । स्वर्गीय नरेशको अन्त्येष्टिको संस्कार सम्पन्न भएपछि मात्र नयाँ नरेशलाई श्रीपेच पहिरयाउने चलन छ ।
थाइल्याण्डमा राजसंस्थाका बारेमा कडा नियमकानुन छ भने सञ्चार मध्यमहरुलाई पनि निकै सिमित स्वतन्त्रता मात्रै दिइएको छ ।
गएको दशकमा थाइल्यान्डमा राजनीतिक प्रदर्शन तथा सेनाद्वारा शासन लिने चक्र चलेको थियो भने असमानता अझै गहन बनेको बताइएको छ । सन् २०१४ मा पनि सेनाले शासन आफ्नो नियन्त्रणमा लिएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा