जेनेभा, १४ मङ्सिर । पूर्वी अलेप्पोको युद्धग्रस्त क्षेत्रबाट १६ हजारभन्दा बढी सर्वसाधारण भागेका छन् । उत्तरी अलेप्पो र छिमेकमा परेका इलाकामा विद्रोहीहरूले आफ्नो नियन्त्रण गुमाएको मङ्गलबार संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको छ ।
विद्रोहीको कब्जामा रहेको पूर्वी अलेप्पो र छिमेकमा पर्ने इलाकामा केही दिन यता सरकारी बलद्वारा जारी आक्रमणहरूमा तिब्रता सुरु भएपछि हजारौँ सर्वसाधारण सहरको अन्य भागमा बलपूर्वक विस्थापित भएका संयुक्त राष्ट्रसङ्घ मानवीय सहायता प्रमुख स्टेफेन ओ ब्रिएनद्वारा जारी विज्ञप्तिमा बताउनुभएको छ ।
आउँदा दिनमा पनि जारी रहने यस अवस्थामा सर्वसाधारण नागरिकले त्यहाँबाट भाग्नु बाहेक अरू कुनै उपाय नभएको स्टेफेनले चेतावनीसमेत दिनुभएको छ ।
सिरियामा सन् २०११ को मार्च महिनाबाट सिरियाली राष्ट्रपति बसार अल असादको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।
यस गृहयुद्धमा इस्लामिक स्टेट र अल कायदाजस्ता आतङ्ककारी समूहहरू पनि हाबी हुँदै गए । यस युद्धमा परी सन् २०११ देखि हालसम्म ३ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको र दशौँ लाख व्यक्ति घाइते भएका छन् ।
त्यसैगरी देशभित्र र छिमेकी देशहरूमा लाखौँ व्यक्तिले शरणार्थी जीवन बिताउन बाध्य भएका छन् ।
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल