वासिङटन, १३ मङ्सिर । अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा विजय हासिल गर्नुभएका डोनाल्ड ट्रम्पले थप प्रमाण नदिइकनै आइतबार निर्वाचनमा मतदाताबाट गम्भीर जालसाजी भएको र लाखौँ व्यक्तिले गैरकानुनी रूपमा मतदान गरेको दाबी गर्नुभएको छ । उहाँले आफ्ना भनाइ प्रमाण नदिइकनै ट्विटरमा व्यक्त गर्नुभएको हो ।
ह्वाइट हाउसतर्फको मार्गमा सबैलाई चकित बनाउँदै प्रवेश गर्नुभएका ट्रम्पले डेमोक्र्याटिक पार्टीका प्रतिद्वन्द्व हिलारी क्लिन्टनभन्दा कम लोकप्रिय मत प्राप्त गर्नुभएको छ । क्लिन्टनले ट्रम्पको भन्दा २२ लाख बढी मत प्राप्त गरे पनि ट्रम्पले इलेक्टोरल कलेजमा बढी मत प्राप्त गर्नुभएको छ र यसैका आधारमा अमेरिकामा राष्ट्रपति पदको निर्वाचन निर्धारण हुन्छ ।
रिपब्लिकन पार्टीका अरबपति ट्रम्पको पछिल्लो भनाइमा लाखौँ व्यक्तिले गैरकानुनी रूपमा मतदान नगरेको भए आफूले लोकप्रिय मत पनि बढी प्राप्त गर्ने दाबी गरिएको छ । विसकनसिन राज्यमा पुनः मतगणना हुनेतर्फ पाइला अगाडि बढेको अवस्थामा ट्रम्पको भनाइ आएको हो । उक्त राज्यमा ट्रम्पले विजय हासिल गर्नुभएको थियो ।
पुनः मतगणनाको कार्य हुननदिन ट्रम्प तथा उहाँका सहयोगीहरूले कडा प्रयास गर्नुभएको छ र उहाँले यसघि क्लिन्टनले निर्वाचन प्रक्रियालाई सम्मान गर्नुपर्ने भनी अनेकौँ ट्विट गर्नुभएको थियो ।
निर्वाचन अगाडि ट्रम्पले निर्वाचनको नतिजामा धाँधली हुने चेतावनी दिनुभएको थियो भने नोभेम्बर महिनामा अनपेक्षित रूपमा विजय हासिल गरेपछि उहाँले त्यस्तो कुनै गुनासो गर्नुभएको छैन ।
ट्रम्पले ट्विटमा भर्जिनिया, न्यु ह्याम्पसर र क्यालिफोर्नियामा पनि गम्भीर जालसाँजी भएको र आमसञ्चारले यस्तो समाचार नदिएको भनी आरोप लगाउनुभएको छ ।
कुनै पनि निर्वाचन सुपरिवेक्षकले व्यापक जालसाजी भएको टिप्पणी गरेका छैनन ।
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत