
टोकियो (जापान), १० मङ्सिर । बुढ्यौलीका कारण आँखा कमजोर हुने र शारीरिक तन्दुरुस्ती पनि युवाअवस्थामा जस्तो सक्रिय नहुने जनाउँदै जापानी प्रहरीले यहाँका गाडी चलाउने अनुमतिपत्र प्राप्त वृद्धवृद्धालाई गाडी नचलाई जापानमा पछिल्लो समय देखिएका सडक दुर्घटनामा नियन्त्रण गर्न सहयोगी भूमिका खेलिदिन अनुरोध गरेको छ ।
प्रहरीले उनीहरुलाई रेस्टुरेन्टसँगको सहकार्यमा चाउचाउमा छुट दिई बुढो शरीरमा ऊर्जा थप्न मद्दत गर्ने बताएको छ । सवारीचालक अनुमतिपत्र प्राप्त चालकलाई विशेष परिचयपत्रको व्यवस्था गरिदिने र यसैको आधारमा रेस्टुरेन्टले उनीहरूलाई छुट दिने प्रबन्ध शुक्रबारदेखि मिलाएको बताइएको छ । परिचय प्राप्त वृद्धवृद्धाले रेस्टुरेन्टमा ५९० जापानी यन पर्ने चाउचाउमा ९० यन छुट पाउने छन् ।
जापानमा ७५ बर्ष माथिका करिब ४८ लाख नागरिकसँग सवारी चालक अनुमति पत्र रहेको तथ्याङ्क प्रहरीले सार्वजनिक गरेको छ ।
सडक दुर्घटनामा ठूलो सङ्ख्या वृद्ध चालकको आँखा र शारीरिक कमजोरीका कारण हुने देखिएको बताउदै प्रहरीले यो कदम चालेकोे आइचीका प्रहरी प्रवक्ताले बताए ।
गत महिना एक ८७ वर्षीय चालकले चलाएको एक कारले प्राथमिक विद्यालयमा जान हिँडिरहेका एक बालकको योकोहोमा सहरमा मृत्यु भएको र नौ जना बालबालिका घाइते भएको घटनाबाट पाठ सिक्दै यो कदम चालिएको पनि बताइएको छ ।
प्रहरी प्रशासनले ल्याएको यो कदमलाई सहयोग गर्ने प्रतिबद्धता स्वरुप जापानी एक ९७ वर्षीय बुद्धगुरुले गत हप्ता नै आफ्नो सवारीचालक अनुमति पत्र फिर्ता गर्नुभएको थियो ।
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल