लन्डन । वीन्टरमा बेलायतको मौसम खुल्न अलिक आनाकानी गर्छ । कुन बेला घाम उदाउने हो अनि कहिले अस्ताउने थाहै हुन्न । बिहीबार एकछिन घमाइलो देखिन्थ्यो क्याम्बर्ली । हाइ स्ट्रिटमा रहेको ‘सो एसिया’ नामक रेष्टुरेन्ट अगाडि केही नौला मानिस एकत्रित देखिन्थे । बाटो हिंड्नेहरु अनौठो मानेर एक जोडीलाई हेरिरहेका थिए । ‘दयाहाङ ले प्रियंकालाई फूल दिएर प्रेम प्रस्ताव गरिरहेको दृश्यमा छौं हामी’, निर्देशक मिलन चाम्स भन्दै थिए ।
बेलायतमै करिब एक करोड ७० लाख रुपैयां लगानीमा बन्न लागेको फिल्म ‘हयाप्पी डेज’ टिम चौंथो दिन पनि सुटिङमा व्यस्त रह्यो । यतिखेर क्याम्बर्ली, रेडिङ, फार्नबोरो लगायत लोकेशनमा फिल्म सुटिङ भइरहेको छ ।
‘ज्यादै रमाइलो लागिरहेको छ’, प्रियंकाले भनिन्, ‘नेपाली फिल्म उच्च प्रविधि र प्राविधिक सहित बेलायतमा छायांकन हुनुले अब यस क्षेत्र अझ व्यापक हुंदै गएको प्रष्ट हुन्छ ।’ प्रियंकाले ७३ वटा मध्ये ६० बढि सिन आफ्नो भएकाले डिसेम्बर अन्तिमसम्म बेलायतमै व्यस्त हुने बताइन् । हिउंले ढाकिएको सेताम्मे लोकेसनमा ‘सुट’ गर्ने उनको सपना छ ।
मिलन चाम्सले नै निर्देशन गरेको ‘बीर विक्रम’ प्रचार प्रसारमा केही महिना अघि बेलायत आएका दयाहाङ यसपटक बेलायत बसाइको उद्देश्य फरक भएकाले दंग छन् ।
यस फिल्म छायांकनकै लागि छायांकार रामकुमार केसी, प्रमुख सहायक निर्देशक गिरीराज घिमिरे, सम्पादक अर्जुन जिसी, द्वन्द्व निर्देशक सकुमार बस्नेत, कलाकार सन्जय गुप्ता, सहायक निर्देशक एवं फोटोग्राफर करुणा गुरुङ बेलायत छन् ।
वीपी खनाल, विक्रम जोशी, नरेश शर्मा, डा. अशोक बन्सल, सपनकुमार राई र मिलन चाम्सले फिल्म निर्माणमा लगानी गरेका छन् ।
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता