लण्डन । सोसाइटी अफ नेपलिज हाइली स्किल्ड प्रोफेसनल्स युकेको प्रतिनिधिमण्डलले बेलायत भ्रमणमा आएका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसित भेट गरेको छ ।
नेपाली दुताबास लण्डनमा भएको सो भेटमा सोसाइटीका अध्यक्ष डा. तेजेन्द्र फेरालीले सोसाइटी र यसका उद्देश्यका बारेमा जानकारी गराएका थिए ।
डा. भट्टराईले सोसाइटीको प्रशंसा गर्दै नेपाली प्रोफेसनल्सहरुलाई नेपाल फर्कन देशको पुनर्निर्माणमा सहभागी हुन आग्रह गरे । उनले आफू र आफ्नो पार्टी विदेशमा रहेका नेपाली प्रोफेसनल्सहरुको अनुभव र ज्ञानलाई देश भित्र्याउने वातावरण बनाउन प्रतिवद्ध रहेको बताए ।
सोसाइटीका अध्यक्ष फेरालीले विदेशमा रहेका प्रोफेसनल्सहरुलाई देश फर्काउन नीति र संयन्त्र आवश्यक भएको बताए । उनीहरुको नागरिकता कायम रहनदिनु त्यसको एक पाटो भएको उनले स्मरण गराए । प्रोफेसनल्सहरुले नेपाल नफर्के पनि सरकारी संयन्त्र बनाइएमा विदेशबाटै देशका निमित्त योगदान दिनसक्ने उनले बताए ।
भेटमा सोसाइटीका पूर्व अध्यक्ष नारायण भट्टराईको पनि उपस्थिति थियो ।
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड