लन्डन । गोरखा केन्द्रविन्दू भएर गत वर्ष गएको भूकम्पले गोरखामा मात्र ४९४ विद्यालयका ३ हजार ५२ वटा कक्षा कोठा पूर्ण रुपमा क्षतिग्रस्त बनाइदियो । सयौं वालवालिका आफ्ना आमा बाबु गुमाउन पुगे । तिनै भूकम्प प्रभावित गोरखाका अनाथ तथा गरिव वालवालिकाको सहयोगार्थ गोर्खाली समाज यूकेले शनिबार गरेको च्यारिटीबाट एक करोड रुपैयां बढि संकलन भएको छ । नयां शक्ति नेपालका संयोजक गोर्खा निवासी डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यमा अल्डरसटमा भएको कार्यक्रममा उक्त रकम उठेको हो । च्यारिटीमा जापानबाट आएका एनआरएनए आइसीसी उपाध्यक्ष भवन भट्ट एक्लैले २० लाख रुपैयां र बेलायतका व्यवसायी रबिचन्द्र लामिछानेले दश लाख रुपैयां दिने उद्घोष गरे ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी डा. भट्टराईले सेवाभाव राखे नेपाल नबन्ने कुनै कारण नरहेको बताए । ‘हामी सोचका गरिव हौं । सोच, मन र विवेक ठूलो गरे देश बन्न सक्छ । समृद्धि सम्भव छ हाम्रै पालामा होइन मेरै पालामा भनेर म अगाडि बढिरहेको छु’, उनले भने ।
गोरखाबाटै नेपाल एकीकरण भएको प्रसंग स्मरण गर्दै भट्टराईले लोकतान्त्रिकरण प्रक्रिया गोरखाकै लखनथापा मगरले शुरुवात गरेको र संविधानसभाबाट संविधान लेखनमा पनि गोरखाकै भूमिका उल्लेख्य रहेको टिप्पणी गरे ।
अब तेश्रो चरणमा आर्थिक विकास र समृद्धिको जग हाल्न गोर्खालीलाई नै चुनौती आइपरेको उनको धारणा थियो । भट्टराईले गोर्खालीलाई जिल्लामा हाइड्रो प्रोजेक्ट, स्टार होटल जस्ता विकास योजनाको प्रतिवद्धता लिन सुझाए । उनले विदेशमा लिएको ज्ञान, सीप र धन देशभित्र लगानी गर्न पनि आग्रह गरे ।
कार्यक्रममा राजदूत डा. दुर्गाबहादुर सुवेदीले गणतान्त्रिक आन्दोलनका अग्रणी अभियन्ता भन्दै भट्टराईको प्रशंसा गर्दै उनका अभिव्यक्तिबाट धेरै सिकिने बताए । डा. भट्टराईलाई साक्षी राखेर भएको उक्त च्यारिटी अंध्यारोबाट उज्यालोतिर लैजाने यात्रा रहेको बताउंदै सुवेदीले नेपाल एकीकरणको उद््घोष गर्ने पुरुषलाई बिसे नगर्चीले एक एक मोहोर उठाउन अमुल्य सुझाव दिएजस्तै आफूले पनि त्यही बिसे नगर्चीको सन्देश दिने बताए ।
एनआरएनए आइसीसी उपाध्यक्ष भवन भट्टले बालबालिका भविष्यका कर्णधार भएकाले भूकम्पपीडित बालबालिकाको शिक्षामा सहयोग गर्ने कार्य गरेर संस्थाले पूण्य गरेको बताए । गोर्खाली समाज यूके अध्यक्ष जयप्रकाश गुरुङले सबै दाताप्रति आभार व्यक्त गरेका छन् ।
संगीता मरहट्ठाले सञ्चालन गरेको उक्त कार्यक्रममा एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, पूर्व अध्यक्ष योगेन क्षेत्री, अमेरिकाबाट आएकी महिला समाजसेवी डा. विष्णु माया परियार, डा. राघवप्रसाद धिताल (ओबिइ), आइसीसी डिआरसी प्रेम गुरुङ, जर्मनीका दावा शेर्पालगायतले समाजको च्यारिटी कामको खुलेर प्रशंसा गरे ।
उक्त अवसरमा सयपत्री कल्चरल ग्रुपले विभिन्न सांस्कृतिक प्रस्तुति दिएको थियो ।
तस्विरहरुः बीरेन्द्र श्रेष्ठ
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने