लन्डन । विश्वभरबाट ओइरिएका करिब ५० हजार पर्यटन र ट्राभल व्यवसायी, मन्त्रीहरु, सरकारी उच्च अधिकारी, सञ्चारकर्मी लगायतले खचाखच थियो लन्डन एक्सेल । ७ देखि ९ नोभेम्बरसम्म एक्सेलमा चालु ३७ औं वल्र्ड ट्राभल मार्केट (डब्लुटिएम) मा नेपालको पनि उत्साहजनक सहभागिता भएको छ । डब्लुटिएममा नेपालबाट पर्यटन बोर्डसहित टुर अपरेटर, होटल र ट्रेकिङ क्षेत्रका २४ कम्पनीले भाग लिए । प्रतिनिधिमण्डलको नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनबहादुर शाहीले गरेका थिए ।
डब्लुटिएममा नेपाल सहभागिताको मुख्य मिसन हो विध्वंशकारी भूकम्पपछि थलिएको नेपालको पर्यटन प्रवर्धन । भूकम्प र नाकाबन्दीले विश्वमा नेपालप्रति नकारात्मक सन्देश प्रवाह गरिरहंदा नेपालले डब्लुटिएममार्फत नेपाल सुरक्षित छ भन्ने सन्देश बांडेको मन्त्री शाहीले जानकारी दिए । ‘भूकम्पपछि थलिएको नेपालको पर्यटनले पुनर्जीवन लिइरहेको छ’, मन्त्री शाहीले कान्तिपुरसंग भने, ‘हामीले नेपाल घुम्न सुरक्षित छ । नेपालमा देख्न पाइने प्राकृतिक सौन्दर्यता अन्त कहीं छैन् त्यसैले घुम्न आउनु भनेका छौं ।’
भूकम्पपछि केही सञ्चारमाध्यममा नेपालबारे जुन नकारात्मक समाचार आयो त्यसमा सत्यता नभएको अवगत गराइएको मन्त्रीले बताए । अब विदेशीलाई भिजा अवधि १५ दिनको सट्टा ३ महिनासम्म बढाउनेबारे गृहकार्य भइरहेको पनि उनले जानकारी दिए ।
बेलायती पर्यटक नेपाल जाने क्रम विस्तारै बढेको छ । बेलायती राजकुमार ह्यारी र डेभिड बेकह्यामको नेपाल भ्रमणले पर्यटनमा उल्लेख्य सुधार आएको नेपाल पर्यटन बोर्डको विश्वास छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भूकम्प गएको वर्ष १३ हजार बेलायतीले नेपाल घुमेकामा यस वर्ष १८ हजार नेपाल गइसकेका जनाउंदै आउंदो वर्ष यो संख्या ३० हजार (पुरानै अनुपात) पुग्ने अपेक्षा व्यक्त गरे । लोन्ली प्लानेटले नेपाललाई सन् २०१७ मा यात्राका लागि ५ उत्कृष्ट गन्तव्यभित्र छानेकाले पनि अब नेपालको पर्यटन सुध्रने जोशीको आशा छ । ‘यसपटक भूकम्पपछिको अवस्था केन्द्रित गरि प्रचार प्रसार सामाग्री समेत बांडेर हामीले सकारात्मक सन्देश दिने प्रयास गर्यौं’, जोशीले भने । प्रतिनिधिमण्डलमा सहभागी होटल हिमालयका सेल्स एण्ड मार्केटिङ म्यानेजर महेश फुयांलले व्यवसायमा सुधार आइरहेको जनाए । अटम सिजनमा आशातित व्यापार भएको जनाउंदै फुंयालले अब खाडीका पर्यटक समेत नेपाल भित्र्याउने वातावरण बनाउन जरुरी रहेको सुझाए ।
नेपालबाट आएको प्रतिनिधिमण्डल १० नोभेम्बरमा बेलायती शहर म्यानचेष्टर र १४ नोभेम्बरमा न्यू क्यासल पुग्नेछ नेपालको पर्यटन प्रवर्धन गर्न ।
लन्डनस्थित नेपाली दूतावासले पनि मंगलबार सांझ बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गांठका अवसरमा ‘वेष्ट भ्यालु डेस्टिनेशन’ नेपाल नामक पर्यटन प्रवर्धन कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा मन्त्री शाही, राजदूत दुर्गाबहादुर सुवेदी र उपनियोग प्रमुख शरदराज आरणले नेपालबारे वर्णन गर्दै एकपटक घुम्न जान आग्रह गरे । उक्त अवसरमा लोन्ली प्लानेटका जोसेफ र बोर्डका विमल कंडेलले नेपाल सम्वन्धि वृत्तचित्र प्रदर्शन गरेका थिए ।
उक्त अवसरमा सुस्मिता थापाले नेपाली गीतमा नृत्य गरेकी थिइन् भने स्वादिष्ट खाना एभरेष्ट इनले उपलव्ध गराएको थियो । कार्यक्रममा विभिन्न सहयोगीहरुलाई सम्मान समेत गरियो ।
तस्विरहरुः बीरेन्द्र श्रेष्ठ
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड