लन्डन । दक्षिण पूर्व क्षेत्रीय तमुधिं लन्डनको छैटौं महाधिवेशनले १३ सदस्सीय नयां कार्यसमिति निर्विरोध चयन गरेको छ । आइतबार गेसो हल प्लमस्टिडमा बिहान ११ देखि सांझ ८ बजेसम्म चलेको महाधिवेशनले श्रीचन्द्र गुरुङको अध्यक्षतामा दोश्रो कार्यकालका लागि पुनः नयां कार्यसमिति चयन गरेको हो ।
निर्वाचन मण्डलका प्रमुख हरि गोबिन्द गुरुङले नयां कार्यसमिति घोषणा गरेका थिए । २०१७ – २०१८ का लागि निर्वाचित सातौं कार्यसमितिमा उपाध्यक्षहरु श्रीमति कमला गुरुङ र सुमन गुरुङ, महासचिव हयारी गुरुङ, सचिव लक्ष्मण गुरुङ, कोषाध्यक्ष श्रीमती अर्चना गुरुङ, सहकोषाध्यक्ष श्रीमती पार्वती गुरुङ र युथ संयोजकमा डा. सुदर्शन गुरुङ चुनिएका छन् । त्यसैगरि, सदस्यहरुमा अशोक गुरुङ (वेब साइट), श्रीमती विष्णु (ममता) गुरुङ, श्रीमती चन्द्रा देवी गुरुङ, धनबहादुर गुरुङ (तारा) र पानबहादुर गुरुङ (प्रोपर्टी) छन् ।
महासचिव हयारी गुरुङका अनुसार, सातौं कार्यसमितिको पहिलो बैठक केही दिन भित्रै बस्ने र सम्पूर्ण सल्लाहकारहरुको चयन पनि वर्तमान कार्यसमितिले त्यही दिन गर्ने कार्यक्रम छ ।
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
लन्डनमा गुञ्जियो नेपाली हिपहप
कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठको सगरमाथा मोह