लण्डन । नयाँ पुस्ताका चर्चित हास्यकलाकार मनोज गजुरेलले यस वर्षको तिहारमा युकेमा देउसी घन्काउने भएका छन् ।
प्रवासी नेपाली मन्च बेलायतले यही अक्टोबर २२ मा लन्डनको ह्यारो फुटबल क्लबमा आयोजना गरेको दशै – तिहार शुभकामना तथा देउसी भैलो कार्यक्रममा गजुरेल प्रमुख आकर्षणका रुपमा रहने बताइएको छ ।
मन्चका अध्यक्ष रामशरण सिखडाले बताए अनुसार उनीबाहेक स्थानीय कलाकार सुजन पराजुली र उज्वल भन्डारीको पनि सो कार्यक्रममा प्रस्तुति रहने छ ।
मंचले पहिलोपटक आयोजना गर्न लागेको देउसी भैलो तयारीका लागि मन्चको आइतबार बसेको बैठकले रामजी बराल संयोजक रहेको एक समिति बनाएको छ । कार्यक्रममा करिब तीन सयको उपस्थिति रहने आयोजकले अपेक्षा गरेका छन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा