लन्डन । नेप्लिज नर्सिङ असोसिएसन यूकेले आफ्नै खर्चमा काभ्रेमा प्राथमिक शिक्षालय (लर्निङ सेन्टर) स्थापना गरिदिएको छ ।
असोसिएसनले काभ्रेको देउपुर, सिपाघाटमा गंगा जमुना मितेरी प्राथमिक शिक्षालय बनाएको हो । उक्त शिक्षालय भवनको असोसिएसन अध्यक्ष प्रसुना कंडेल र सल्लाहकारद्वय टुका क्षेत्री र कमला पाण्डेले एक समारोहबीच गत बुधबार उद्घाटन गरे । असोसिएसनले बनाएको उक्त सेन्टरमा एकसय जना बालबालिका अध्ययन गर्न सक्ने अध्यक्ष कंडेलले जनाइन् । उक्त क्षेत्र नजिक रहेको प्राथमिक विद्यालयमा कक्षा १, २ र ३ को मात्र पढाइ भएपनि नर्सरी नभएकाले स साना वालवालिका शिक्षाको ज्योतिबाट वञ्चित हुंदै आएका थिए ।
उद्घाटन समारोहमा कंडेल, क्षेत्री र पाण्डेले करिब ७५ जना बालबच्चालाई पेन्सिल, कटर, इरेजर र कापी समेत बांडे ।
असोसिएसनले भूकम्पपछि पुनर्निर्माणको आफ्नो प्रोजेक्ट अन्तर्गत शिक्षालय बनाएको हो ।
अध्यक्ष प्रसुना कंडेलले उक्त शिक्षालय बनाउन हृदयदेखि सहयोग गर्ने बेलायतस्थित सम्पूर्ण दाताहरु, संघसंस्था र शुभचिन्तकप्रति आभार व्यक्त गरेकी छिन् ।
यसैबीच, कंडेलले २१ जनवरीमा हुने असोसिएसनको कार्यसमिति बैठक र फेब्रुअरी २५ मा गर्न लागिएको वार्षिक कन्फेरेन्समा सहभागिताका लागि सम्पूर्ण कार्यसमिति पदाधिकारी, सदस्य र सल्लाहकारहरुमा आव्हान गरेकी छिन् ।
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड