
काठमाडौँ । बेलायतमा बसेर साहित्यिक कर्म गरिरहेकी जया राई आफ्नो पछिल्लो कृतिका साथ नेपाल आएकी छिन् । ‘भर्जिनिया उल्फ र आँसुका फूल’ नामक उनको नियात्राकृति बिहीबार राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ कवि, मुन्धुमविद् एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले विमोचन गरे ।
गद्य लेखनमा जया राईको पकड बलियो रहेको उल्लेख गर्दै प्रमुख अतिथि काइँलाले भने, ‘मिठासपूर्ण भाषा–शैलीमा जयाले विभिन्न स्थानको भ्रमण, घटना र परिवेशहरूको लोभलाग्दो चित्रण गरेकी छिन् । यसकारण उनका नियात्राहरू पठनीय छन् ।’
विशिष्ट अतिथि साहित्यकार एवं राजनीतिज्ञ प्रदीप नेपालले जयाको लेखन सरल र सहज हुनुुका साथै उनमा कुशल संगठक र व्यवस्थापकीय क्षमता पनि राम्रो रहेको बताए ।
प्राज्ञ डा. अमर गिरीले प्रवासमा बसरे नेपाली भाषा एवं साहित्यको क्षेत्रमा उल्लेखनीय कर्म गरिरहेकी जयाको लेखनी प्रभावकारी रहेको भन्दै उनका नियात्राहरूले पाठकलाई सूचना र ज्ञानका साथै कलात्मक आनन्द प्रदान गर्ने दावी गरे ।
त्यसै गरी प्राज्ञ डा. ज्ञानू पाण्डेले राईका नियात्रा प्रतीकात्मक र बिम्बात्मक रहेको बताइन् भने डा. कुमार कोइरालाले जयाको उक्त कृति हृदयले लेखिएको बताए ।
भुँडीपुराण प्रकाशनले छापेको ‘भर्जिनिया उल्फ र आँसुका फूल’मा ‘च्याउ टिप्ने निम्ता’, ‘एअर ओमानमा यात्रुको हुर्मत’, ‘शेक्सपियरको घरमा पाहुना’, ‘भर्जिनिया उल्फ र आँसुका फूल’ लगायतका १५ वटा नियात्रा समाविष्ट छन् ।
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठको सगरमाथा मोह