लन्डन । तमु समाज यूकेले विगत वर्षहरुझै यस पटकपनि २९ र ३० अक्टोबर (कुकर तिहार र लक्ष्मी पूजा) को दिन देउसी भैलो कार्यक्रम गरेको छ ।
समाजले लन्डनमा सदस्य तथा शुभचिन्तकहरुको घर घर गई परम्परागत शैलीमा देउसी भैलो खेलेर वहुउद्देश्यीय सामाजिक भवन खरिद परियोजनाका निम्ति ११ हजार पाउन्ड भन्दा बढि आर्थिक संकलन गरेको छ ।
प्रवासमा नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्दै नयां पुस्ताहरुसमक्ष स्वर्णीम संस्कृतिको सकारात्मक सन्देश प्रवाह गर्न, समाजका सदस्य तथा शुभचिन्तक मित्रगणहरुबीच पारस्परिक सम्बन्ध सवल, प्रगाढ र सुमधुर बनाउनुका साथै तमु समाज यूकेको वहुउद्देश्यीय सामाजिक भवन खरिद परियोजनाका निम्ति आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले देउसी भैलो खेलिएको हो । कार्यक्रममा सबैले मन खोलेर भैलरीहरुको स्वागत तथा सत्कार गर्दै दान दिए ।
समाजका उपाध्यक्ष शिवचन्द्र गुरुङको संयोजनमा आयोजित उक्त देउसी भैलोमा जातीय पहिरनमा सजिएर तमु समाज यूके आमा समूहका आमा तथा दिदीबहिनीहरु उपस्थित थिए ।
२९ तारिख कुकुर तिहारका दिन उपाध्यक्ष तथा देउसी भैलो कार्यक्रमका संयोजक शिवचन्द्र गुरुङको निवासबाट आरम्भ गरि खेलकुद सचिव हरिमान गुरुङको घरमा कार्यक्रम विसर्जन गरिएको थियो । यसै गरि ३० तारिख लक्ष्मी पुजाको दिन दिउसो सल्लाहकार यम बहादुर गुरुङको निवासबाट सुरु भई मध्यरातमा सल्लाहकार तथा भवन खरिद परियोजनाका संयोजक सुवसिंङ गुरुङ बीइएमको निवासमा समापन गरिएको थियो ।
कार्यक्रमको दोस्रो दिन देउसी भैलो समूह लन्डन बरो अफ ब्रेन्टका डेपुटी मेयर तथा काउन्सिलर भगवानजी चौहान र कारिन्दा क्यारोलको घर पनि पुगेको थियो । पहिलो दिनको कार्यक्रममा अध्यक्ष अर्जुन कुमार गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, पूर्व अध्यक्ष शिब शरण गुरुङ र महासचिब ज्ञान बहादुर गुरुङको विशेष उपस्थिति थियो ।
आरम्भ र समापनको समयमा भैलरीहरुका निम्ति घरमा विशेष भोजको ब्यवस्था गरिएको थियो । देउसी भैलो कार्यक्रममा भैलरीहरुको श्रृंगार, मालाको प्रवन्ध उपाध्यक्ष बिजु गुरुङ र आमा समूहकी अध्यक्ष माया गुरुङ लगायत आमा दिदीबहिनीहरुले गरेका थिए । त्यसैगरि दुवै दिन यातायातको व्यवस्थापन संयोजक केदार गुरुङ र फोटोग्राफी युवा समूहका अध्यक्ष ओमकार गुरुङ र भिडियोग्राफी यम बहादुर गुरुङले गरेका थिए ।
समय अभावका कारण भैलरीहरु सबैको घर जान सम्भव नभएपनि सबै सदस्य र शुभचिन्तकहरु नजिकको पायक पर्ने घरमा भेला भएर दान गरेका थिए । विविध कारणबाट घर दैलो कार्यक्रममा सहभागी बन्न नसकेका कतिपय सदस्य तथा शुभचिन्तकहरुले अनलाइन बैंकिङबाट पनि रकम दिएर सहयोग गरेका छन् । दान दिने हरेक सदस्य तथा शुभचिन्तकहरुलाई तमु समाज यूकेका अध्यक्ष अर्जुन कुमार गुरुङले हार्दिक धन्यवाद सहित शुभकामना कार्ड प्रदान गरेका थिए ।
तस्विर सौजन्यः ओमकार गुरुङ
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने