अस्थिरता, स्पष्ट आर्थिक नीति तथा मार्गचित्रको अभावले देशको मुद्राको विनिमय दरमा ठूलो असर गर्दछ । यहि परिप्रेक्ष्यमा इयुबाट बेलायत बहिर्गमन के कस्तो शर्तमा हुने तथा यसपछि बेलायतको अर्थतन्त्रमा कति असर पर्ने हो भन्ने सन्त्रासको माझमा पाउन्ड स्टर्लिंगको भाउमा निकै गिरावट आएको छ । ब्यवसायलाई अस्थिरताले पिरल्छ, जसको कारणले निर्यात, लगानी र जम्मा वृद्धिलाई असर गर्छ, जसले पाउण्डको भाउ कमजोर बनाउछ ।
आयात र निर्यात गरि करिब ५० प्रतिशत ब्यापार गर्ने बेलायतले इयुको कमन मार्केटमा रहिरहने या छोड्डा कस्तो ब्यापार तथा आर्थिक नीति अबलम्बन गर्ने हो भन्नेले अर्थ ब्यबस्थापनमा ठूलो महत्व राख्दछ । हाल स्टर्लिंग कमजोर हुनु भनेको लगानीकर्ताहरु माझ बेलायतले युरोपियन युनियन छोडेपछि अर्थतन्त्रमा पर्न सक्ने प्रभावको एकिन नहुनु नै प्रमुख कारण मान्न सकिन्छ ।
अन्तर्राष्ट्रिय बजारमा कमजोर पाउन्डको कारणले आयातित सामानको मुल्य वृद्धि हुन्छ । पेट्रोलियम लगायत अरु सामानको भाउ बढेपछि यसले समग्र मुल्यमा असर गर्छ । लगातार सामानको भाउ बढेपछि मुद्रास्फिती अहिले बेलायती सरकाले राखेको २ प्रतिशत लक्ष भन्दा बढी रहन सक्छ । अर्को अर्थमा पाउन्डको क्रयशक्ति कमजोर हुन्छ र आम्दानी त्यहि अनुपातमा नबढेपछि जीबनस्तरमा असर गर्छ । उच्च मुद्रास्फितीले समग्र अर्थतन्त्रमा प्रतिकुल प्रभाव पार्दछ । तर, कमजोर पाउन्डको फाइदा सामान निर्यात गर्दा बेलायती सामानको मूल्य कम हुने, बिदेशी पर्यटकलाई सस्तो पर्ने हुने गर्छ ।
विनिमय दर, मुद्रास्फिती र ब्याजदर
ब्याजदर र मुद्रास्फितीपछि विनिमय दरले देशको आर्थिक हैसियतको निर्णय गर्न महत्वपूर्ण भूमिका खेल्दछ । विनिमय दरले देशको ब्यापारको लेभलमा प्रभावकारी कार्य गर्छ । अझ खुला बजार अर्थतन्त्र अंगालेको देशको लागि यसले ठूलो असर पार्छ । त्यसैले विनिमय दरलाइ धेरै निगरानी गर्ने, बिश्लेषण गर्ने र सरकारले आफु अनुकुल पार्न गर्ने गरि आर्थिक अवस्था नाप्ने पनि गरिन्छ ।
मुद्रास्फिती र ब्याजदरको सन्तुलन गर्न प्रयास गरिन्छ । तर, यी दुबैको सम्बन्ध जटिल र प्राय ब्यबस्थापन गर्न गाह्रो हुन्छ । उच्च ब्याजदरले बिदेशी लगानी आकर्षण गर्छ, जसले गर्दा देशको मुद्राको माग बढी हुन्छ । तर, उच्च ब्याजदर प्राय मुद्रास्फिर्तीको कारण बन्छ । फलस्वरुप देशको मुद्रामा नकारात्मक प्रभाब पार्छ । कम ब्याजदरले उपभोक्ताको खर्च गर्न र आर्थिक वृद्धि गर्न प्रोत्साहित गर्छ र मुद्राको मुल्यमा साधारणतया सकारात्मक असर पार्छ ।
जब बैंक अफ इंग्ल्यान्डले ब्याजदरमा परिबर्तन गर्छ, यसको मतलब अर्थतन्त्रमा माग र आपूर्तिमा बराबर प्रभाब पार्न खोज्नु हो । यस्तो प्रभावको परिणामले बैंकले टार्गेट गरेको दुई प्रतिशत मुद्रास्फिती सधै रहन सक्छ भन्ने हो । जब सामान र सेवाको माग आपूर्ति भन्दा बढी हुन्छ, तब मुद्रास्फिर्ती बढ्छ । अर्को तर्फ भने जब माग भन्दा आपूर्ति बढी हुन्छ, तब मूल्यस्फ्रिर्ती कम हुन्छ ।
उच्च विनिमय दरले देशको निर्यात अरु महँगो हुन्छ भने बिदेशी बजारमा निर्यात सस्तो हुन्छ । कमजोर मुद्राले देशको निर्यात सस्तो र बिदेशी बजारमा आयात महँगो हुन्छ । उच्च विनिमय दरले देशको ब्यापार सन्तुलन कम राख्ने र कम विनिमय दरले बढाउने आशा गरिन्छ ।
विनिमय दर निर्धारण गर्ने तत्वहरु
धेरै कुराहरुले विनिमय दरको निर्क्योल गर्छ र दुई देशहरु बिच हुने ब्यापार सम्बन्धसंग सरोकार रहन्छ । विनिमय दर सापेक्षिक हुन्छ र दुई देशहरुको तुलनाको रुपमा प्रस्तुत हुन्छ । खासमा विनिमय दरलाई प्रभाब पार्ने तत्वहरु मुद्रास्फिती, ब्याजदर, वर्तमानमा ब्यापारको सन्तुलन, सार्बजनिक ऋण, व्यापारको शर्त, राजनीतिक स्थायीत्व तथा आर्थिक प्रदर्शन आदिले पार्दछ ।
साधारण नियममा जहाँ लगातार कम मुद्रास्फिती हुन्छ, त्यस देशमा मुद्राको मूल्य बढी रहन्छ किनभने यसको क्रयशक्ति अरु मुद्राको तुलनामा उच्च रहन्छ ।
ब्याजदर, मुद्रास्फिती र विनिमय दरको एक आपसमा अन्तरसम्बन्ध छ । ब्याजदर परिबर्तनले मुद्रास्फिती र विनिमय दर दुबैलाई प्रभाब पार्छ ।
बिदेशी लगानीकर्ताहरुले जुन देश स्थायीत्व भइ राम्रो आर्थिक अबस्था रहन्छ, त्यहाँ आफ्नो पुंजी लगानी गर्दछन् । राजनीतिक अस्थिरता तथा अग्रगामी नेतृत्व भएन भने मुद्रामा बिश्वासको कमि आउनाको कारण बन्छ । जसले गर्दा पुंजी स्थायी मुद्रा भएको देश तर्फ जान्छ ।
मुद्राको विनिमय दरले थोक लगानीको लाभांस निर्धारण गर्दछ । कमजोर हुदै गरेको विनिमय दरले लाभांसबाट पाउने आम्दानि र पुँजीको प्राप्तिको क्रय शक्ति कम हुन्छ ।
विनिमय दरको निर्धारण गर्ने अनेक तत्वहरु भएपनि लगानीकर्ताहरुलाई आफ्नो लगानीको प्रतिफल कति आउछ भनेर बुझि त्यहि अनुरुप पुँजीको परिचालन गर्न सक्छन् ।
विनिमय दरलाई आधारभूत माग र आपूर्तिको तत्वहरुले निर्धारण गर्दछ । उदाहरणको लागि यदि बेलायती सामानहरुको माग बढी भयो भने यसले पाउन्ड स्टर्लिंगको मूल्य बढाउछ ।
त्यस्तै उच्च ब्याजदरले पनि मुद्राको विनिमय बढी हुने गर्छ किनकी उच्च ब्याजदरले संचित गरिएको देशमा बढी आम्दानी दिन्छ । त्यसैले लगानीकर्ताहरुले प्राय आफ्नो संचित रकम उच्च ब्याजदर भएको देशमा लैजान चाहन्छन् । तर, उच्च ब्याजदरले ऋण महँगो हुनुको साथै लगानी गर्न उत्प्रेरित गर्दैन । त्यसैले सन्तुलन राखि ब्याजदर निर्धारण गर्नुपर्छ । सन् २००८ को आर्थिक मन्दी पछि लगानीलाई अरु उत्साहित पार्न ब्याजदर युरोप तथा अमेरिकामा निकै नै कम पारिएको छ ।
जानाजान विनिमय दर घटबढले कुल आर्थिक वातावरण प्रभाव पार्नेलाई एक आर्थिक नीतिको किसिम मानिन्छ । विनिमय दर बिदेशी विनिमय बजारमा किनेर या बेचेर विनिमय दरलाइ आफ्नो अनुकुल बनाउन पनि सकिन्छ । पाउन्डको मूल्य बढाउन बैंक अफ इंग्ल्यान्डले पाउन्ड किन्छ, यसको बिपरित पाउन्डको मुल्य कम गर्नको लागि पाउन्ड बेच्छ ।
पाउन्ड स्टर्लिंगको इतिहास हेर्दा
बेलायती पाउन्डको इतिहास करिब १२०० वर्ष पुरानो छ । जब एंन्ग्लो स्याक्सनको अधिराज्यमा सन् ७७५ तिर स्टर्लिंग या चादीको पैसाहरु नै मुख्य मुद्रा थियो ।
सन् १६९४ मा राजा विलियम तेश्रोले फ्रान्ससंग लडाई गर्ने क्रममा बैंक अफ इंग्ल्यान्डको स्थापना गरेका थिए । यद्यपि सुनारहरुले सुन जम्मा गरेबापत बैंकको नोटको शुरुवात सोह्रौं शताब्दि देखि गरेपनि इतिहासमा बैंक नोट निकाल्ने पहिलो केन्द्रिय बैंक नै बैंक अफ इंग्ल्यान्ड हो । सन् १७२५ देखि केहि भागमा प्रिन्ट गर्न थालिए पनि पहिलाको बैंक नोट हातले लेखिएको हुन्थ्यो ।
औद्योगिक क्रान्तिको कारणबाट संसारको सबैभन्दा ठुलो अर्थतन्त्र भएको बेलायतलाई सन् १८७२ मा अमेरिकाले उछिनेको थियो ।
पहिलो बिश्व युद्दपछि सन् १९२५ मा ४.८६ पाउन्ड बराबर १ डलर थियो । तर, पाउन्डको मूल्य दस प्रतिशतले बढाईएको थियो । यस विनिमय दर अठारौं शताब्दिका बैज्ञानिक सर आइज्याक न्युटनले गरेका थिए, जुन स्वयम् मुद्राको अनुमान गर्न खप्पिस थिए ।
पहिलो बिश्वयुद्दपछि बढ्दो कामदारको असन्तोष, अप्रजातान्त्रिक आर्थिक लक्ष, पाउन्डको उच्च मुल्यले बेलायती अर्थतन्त्रमा प्रभाब पार्यो । सन् १९२५ पछि लगातार आर्थिक अस्थिरताले बेलायती अर्थतन्त्र गाजिरह्यो ।
सन् १९४४ मा ब्रेंन्टन उड कन्फरेन्समा अन्तर्राष्ट्रिय ब्यापारमा पाउन्ड स्टरर्लिंगको सट्टामा अमेरिकन डलरको जीत भयो । सयुक्त राष्ट्रसंघको मौद्रिक र आर्थिक यो कन्फरेन्समा ४४ देशका ७३० प्रतिनिधि अमेरिकाको न्युहाम्सायेरमा भाग लिएका थिए र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइ याम अफ) को स्थापना गर्ने सहमति भएको थियो । यस सम्मेलनको सहमतिमा पाउन्ड र डलरलाइ आरक्षित मुद्राको रुपमा परिभाषित गरिएको थियो । तर, पाउण्ड आरक्षित मुद्राको रुपमा लोकप्रिय हुन सकेन । बेलायतका आफनै पुर्ब साम्राज्यहरुमा पाउन्डको अबमुल्यन हुने भन्ने हावा फैलियो । यिनीहरु मुख्य पाउन्डमा व्यापारको साझेदारी थिए । तर, बेलायतले पाउन्डको आपूर्ति गर्न नै सकेन । यी देशहरु आफ्नो उपभोग्य सामानको लागि अमेरिकी डलर प्रयोग गर्न थाले ।
पाउन्डको अबमुल्यन
पाउन्ड पहिलोपटक १८ सेप्टेम्बर १९४९ मा तीस प्रतिशतले अबमुल्यन गरियो । दोस्रो बिश्वयुद्दपछि धेरै ऋणको फर्छ्यौट गर्न बेलायतलाई धेरै गाह्रो भयो । अमेरिकाको उधारो र ऋणले अरु पिरल्यो । जसको फलस्वरुप पाउन्ड कमजोर भइ मुल्यमा अबनती भएको स्पष्ट भयो । बेलायतका बैंकहरुले पनि डलर चाहने अवस्था आयो । यस्तो अबस्थामा निर्यात कम भएपछि उत्पादन पनि कम भयो । उता अमेरिकामा भने धेरै आर्थिक वृद्धि हुन थाल्यो । यसै पृष्ठभूमिमा सन् १९६७ मा पुन: पाउन्डको अबमुल्यन १४.३ प्रतिशतले गरियो ।
सन् १९७१ मा अमेरिकी राष्ट्रपति निक्सनले भियतनाम युद्दले गरेको हानीलाई मध्यनजर गर्दै डलरको अबमुल्यन गरे, जसले चलायमान विनिमय दरको ढोका खोल्यो र दोस्रो बिश्वयुद्द पछिको स्थिरता समाप्त भयो ।
सन् १९७६ मा पहिलो चोटी पाउन्ड स्टर्लिंग दुई डलर भन्दा कम भएपछि बेलायती सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइ याम एफ) मा ऋणको लागि पुग्यो । त्यसबेलामा आइ याम एफको सहमति बेलायतले अपमानजनक ठानेपनि यसको ऋणले पाउन्डको मूल्य बढ्यो ।
युरोपियन एक्चेन्ज रेट मेकानिजम भनि युरोपियन मुद्रामा स्थायित्व ल्याउन सन् १९७९ मा स्थापना गरियो । तर, यसमा बेलायत बस्न अस्वीकार गर्यो । बिभिन्न राजनीतिक र आर्थिक कारणबाट सन् १९९० मा यस मेकानिजममा बेलायत सामेल भयो ।
डलरको बढ्दो मुल्यले धेरै केन्द्रिय बैंकहरुले सन् १९८७ मा यसको मुल्य रोक्न कदम चाले । फेब्रुअरी १९८७ मा पेरिसमा अन्तर्राष्ट्रिय मुद्रा बजारमा स्थायीत्व ल्याउने हेतुले प्रभावशाली राष्ट्रहरुले सहमति जनाएका थिए, जसलाई लुभ्र एकर्ड भनिन्छ ।
जर्मनीको आर्थिक नीति लगायत अरु बिबिध कारणले १७ सेप्टेम्बर १९९२ मा बेलायतले एक्चेन्ज रेट मेकानिजम भन्ने युरोपियन युनियनको विनिमयबाट अलग हुने घोषणा गर्दै पाउन्डको अबमुल्यन गरिएको थियो । जसलाई ब्ल्याक ओइनस्डे (बुधबार) को नामले परिचित छ । यस कदमबाट त्यसबेला बेलायती अर्थतन्त्रमा प्रतिकुल असर परेपनि यसले पाउन्डको मुल्यमा स्थायित्व करिब २००८ को आर्थिक मन्दीसम्म ल्याउन सफल भएको थियो ।
पाउन्ड अरु कमजोर होला ?
इयुबाट बहिर्गमनको स्पष्ट मार्गचित्र नहुन्जेल बेलायती अर्थतन्त्रले अरु कठोर परिवेशको सामना गर्नुपर्ने लक्षणहरु छन् । तर, आर्थिक जग बलियो भएको बेलायतमा केहि समयपछि स्थिरता आउने नै छ । कति समय लाग्ने हो, त्यो इयु बहिर्गमनको सम्झौता र यसपछि आर्थिक नीति तथा नेतृत्वले अग्रगामी भूमिका खेल्ने छ ।
यहि अन्योलको बिचमा चाहि पाउन्डको भाउ अरु कमजोर भएमा आश्चर्य मान्नु पर्दैन । इतिहासको कालखण्डमा धेरैपटक परिक्षण गरि खारिएको पाउण्ड स्टर्लिंगको मुल्यको अस्थायी अस्थिरता केहि समयमा हट्ने नै छ । यस बिचमा भने मुद्रास्फिर्तीले अरु पिरोल्न सक्छ ।
धेरै बिदेशी ठुला कम्पनको सेयर भएको हुनाले पाउन्डको भाउमा गिरावट आएपछि लन्डन स्टक मार्केटको ठूलो १०० कम्पनीको सेयर अंक बढ्छ । यी ठूला कम्पनीहरुले बेलायतबाहिर कमाएको नाफाको मूल्य पाउन्ड स्टर्लिंग कमजोर भएपछि अरु बढ्छ । सेयर मार्केट बढेपछि सुनको भाउ कम हुनेपनि प्राय हुन्छ ।
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार