काठमाडौं। प्रधानमन्त्री सुशील कोइरालाले गैर आवासीय नेपालीहरुलाई थप लगानी भित्र्याउन आग्रह गरेका छन्। शेराटन काठमाडौं होटलको शनिबार राजधानीमा शिलान्यास कार्यक्रममा कोइरालाले एनआरएनए अध्यक्ष शेष घलेको लगानीले देशमा विदेशी लगानी भित्र्याउन प्रेरणा मिल्ने बताए।
६ दसकदेखि विकासको गतिविधिमा अवरोध झेल्दै आएको देशका लागि ठूलो लगानीले नयाँ गोरेटो कोर्ने कोइरालाले बताए । उनले यस्तै लगानी कृषि र उर्जा क्षेत्रमा पनि आवश्यक भएको बताए ।
कार्यक्रममा नेपालका लागि अस्ट्रेलियाली राजदूत ग्लेन ह्याइटले ठूलो लगानीले नेपालको पर्यटन र आर्थिक क्षेत्रको प्रवर्द्धनमा सहयोग पुग्ने बताए ।
कार्यक्रममा शेराटन काठमाडौ होटलका अध्यक्ष शेष घलेले पाँच वर्षको प्रयासपछि निर्माण कार्य शुरु गर्न सफल भएको जनाएका छन् । उनले नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधारको रुपमा रहेको पर्यटन क्षेत्रको प्रवर्द्धन हुने बताए ।
एनआरएनए अध्यक्ष समेत रहेका घले प्रवर्द्धक रहेको अस्ट्रेलियाली कम्पनी एमआइटी ग्रुप होल्डिङ्सले ८ अर्ब रुपैया लगानी गर्ने छ।
केशरमहल नजिकै कान्तिपथमा १४ रोपनी क्षेत्रफलमा फैलिएको होटल १७ तल्ले हुने छ। दुईतल्ला पार्किङ बेसमेन्ट र लबी पछि बाँकी रहेको १३ वटा तलामा स्विइटसहित २ सय १३ वटा कोठा हुनेछ ।
होटल सन् २०१८ फेब्रुअरीबाट सञ्चालनमा ल्याउने योजना छ ।
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
विचार : सहजताको मूल्य र गोपनीयता