काठमाडौं। गैर आवासीय नेपाली संघ(एनआरएनए) अध्यक्ष शेष घलेको लगानी रहने पाँच तारे होटलको निर्माण शनिबारबाट शुरु हुने भएको छ।घले प्रवर्द्धक रहेको अस्ट्रेलियाली कम्पनी एमआइटी ग्रुप होल्डिङ्सले ८ अर्ब रुपैया लगानी गर्ने भएको हो । अध्यक्ष घले अस्ट्रेलियाका दुई सय धनीको सूचीमा छन्।
केशरमहल नजिकै कान्तिपथमा निर्माण गर्न लागिएको होटल शेराटनको शनिबार प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गर्ने छन्। शेराटन हस्पिटालिटी क्षेत्रमा विश्व चर्चित ब्रान्ड हो। विश्वमा विभिन्न देशमा चार सयभन्दा बढि चेन रहेको होटल शेराटनले अपरेशन र व्यवस्थापन हेर्ने छ।
‘होटलको डिजाइन र नक्सा हामीले बनाइसकेका छौ। शिलान्यास भएको दुई वर्ष तीन महिनापछि सञ्चालनमा आउने छ,’ घलेले भने। होटल सन् २०१८ फेब्रुअरीबाट सञ्चालनमा आउने छ। १४ रोपनी क्षेत्रफलमा फैलिएको होटल १७ तल्ले हुने छ। दुई तल्ला पार्किङ बेसमेन्ट र लबी पछि बाँकी रहेको १३ वटा तलामा स्विइटसहित २ सय १३ वटा कोठा हुनेछ ।
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
विचार : सहजताको मूल्य र गोपनीयता