
लन्डन । भूकम्पपछि स्वास्थ्य क्षेत्रमा भएको क्षतिको पुनःनिर्माणका लागि बेलायतले नेपाललाई ८५ मिलियन पाउन्ड स्टर्लिङ सहयोग गरेको छ ।
उक्त सहयोग बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास नियोग (डिएफआइडी)ले नेपाल स्वास्थ्य क्षेत्र पुनःनिर्माण कार्यक्रम (एनएचएसपी–३) अन्तर्गत करिब साढे चारवर्षे अवधिका लागि गरेको हो ।
राससका अनुसार, अर्थ मन्त्रालय काठमान्डूमा बुधबार आयोजित कार्यक्रममा नेपालकातर्फबाट अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय विभागका सहसचिव वैकुण्ठ अर्याल र डिएफआइडी नेपालका उपनिर्देशक मार्क स्मिथले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
पूरै सहयोगमध्ये ५७ मिलियन पाउन्ड स्टर्लिङ रातो किताबमार्फत स्वास्थ्य सेवा विभागका लागि जम्मा हुनेछ भने २८ मिलियन प्राविधिक कामका लागि छुट्याएको छ । त्यस्तै १४ मिलियन पाउन्ड स्टर्लिङ स्वास्थ्य क्षेत्रका भौतिक पूर्वाधार पुनःनिर्माणका लागि खर्च गरिनेछ । यसअघि भूकम्प गएलगत्तै दुई देशका सरकारबीच सन् २०१५ को सेप्टेम्बरमा १० मिलियन पाउन्ड स्टर्लिङको सहयोग सम्झौता भएको थियो ।
सो अवसरमा विभागका सहसचिव अर्यालले सहयोग मूलतः भूकम्प प्रभावित जिल्लाका महिला, बालबालिका, घाइते तथा अपाङ्गमा केन्द्रित रहने जानकारी दिनुभयो । त्यस्तै देशैभरिका स्वास्थ्य केन्द्र र अस्पतालका भौतिक संरचनामा पुगेको क्षति पुनःनिर्माणसँगै त्यहाँको स्तरवृद्धिका लागिसमेत उक्त रकम खर्च गरिने बताइएको छ ।
उपनिर्देशक मार्क स्मिथले सन् २०२० मा यो सम्झौता सकिएपछि पनि नेपालको सामाजिक, आर्थिक क्षेत्रका लागि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई