काठमाडौँ, २५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आसन्न भारत भ्रमण दुई देशबीचको सम्बन्ध सुधारमा बढी केन्द्रित हुने प्रष्ट पार्नुभएको छ ।
“विगतमा दुई देशको सम्बन्धमा केही न केही चिसोपना आएकै हो, संविधान घोषणादेखि, सरकार गठन, संविधान कार्यान्वयन, र नाकाबन्दीका क्रममा देखापरेको चिसोपनालाई अन्त्य गर्दै दुई देशबीचको सम्बन्धमा विश्वासको आधार खडा गर्नेतर्फ मेरो भ्रमण केन्द्रित हुनेछ” – नेपाल टेलिभिजनबाट आज बेलुका प्रसारित ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रममा उहाँले भन्नुभयो ।
भ्रमणको तयारीस्वरूप भारतसँग विगतमा भएका सहमति सम्झौताको कार्यान्वयनको अवस्थाबारे जानकारी लिनुका साथै त्यस बारेमा कूटनीतिज्ञ र विज्ञहरूसँग छलफल चलाइरहेको पनि प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो ।
आफूले व्यवस्थापिका–संसद्मा गरेको सम्बोधनमा ल्याइएको नीति तथा कार्यक्रम जनताको पक्षमा गर्न सम्भव भएको जिकिर पनि उहाँले गर्नुभयो । “अरबौँ रूपैयाँ ढुकुटीमा थन्किनुभन्दा भूकम्पपीडितका लागि आठ लाख दिनु सम्भव छ” – उहाँले भन्नुभयो ।
पछिल्लोपटक मुलुकका विभिन्न स्थानमा भइरहेको बाढी पहिरोलगायत अन्य विपत्लाई सरकारले सम्बोधन गर्नेबारे तयारी भइरहेको समेत प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो । उहाँले विभिन्न माग राखेर पटक पटक आमरण अनशनमा बस्दै आउनुभएका डा गोविन्द केसीका जायज माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँलाई धैर्य गर्न पनि अपिल गर्नुभयो ।
उहाँले रोजगारीका लागि विदेश गएका युवालाई देशभित्रै ल्याउने र नेपालका कलकारखानाको विकास गर्दै जतिसक्दो चाँडो नेपालमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
संसद्मा सम्बोधनका क्रममा जन्म र मरणमा कर्णालीवासीलाई २० केजी चामल दिन भएको घोषणा अपमान नभई सद्भाव र प्रेममात्रै भएको उहाँको भनाइ थियो ।
आफू भारत भ्रमण जानुभन्दा अघि नै संविधान संशोधन प्रस्ताव दर्ता गराउनका लागि दलहरूसँग तीव्र छलफल भइरहेको प्रधानमन्त्री दाहालले बताउनुभयो ।
एक प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले यातायातको क्षेत्रलाई थप व्यवस्थित गर्दै उपत्यकाभित्रको सवारी समस्यालाई समाधान गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
सीएनसीबीजीको ग्रान्ड च्यारिटी डिनर नाइट सम्पन्न
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती