
लन्डन । साउथ इष्ट लन्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिर कमिटीले हरितालिका तीजकै दिन एसियन कम्युनिटी हलमा तीज विशेष कार्यक्रम गरेको छ ।
कार्यक्रममा झण्डै हजार महिला सहभागी भएको आयोजकको विश्वास छ ।
औपचारिक भाषण र खादा प्रवृत्ति अनुशरण नगरिएको उक्त कार्यक्रममा मन्दिर कमिटीका अध्यक्ष बालजंग अर्यालले तीजको शुभकामना दिंदै चेलीबेटीहरु नेपाल जान नसकेपनि माइती सम्झेर तीज मनाउने माहोल सृजना गरिएको बताए ।
विनोद ज्ञवालीको संयोजनमा भएको उक्त कार्यक्रममा पण्डित निलहरि घिमिरेले पूजाआजा गराएका थिए ।
कार्यक्रम मन्जु भण्डारीले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा तीज गीतमा महिलाहरु धित मरुन्जेल नाचे । डिजेको भूमिकामा थिए साउण्ड इन्जिनियर हेम बिष्ट । संयोजक ज्ञवालीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने मन्दिर कमिटीका समस्त पदाधिकारी, ट्रष्टीहरु र सहभागीप्रति आभार व्यक्त गरेका छन् ।
यसअघि दिउसो एक बजेसम्म व्रतालु दिदबिहिनीहरु प्लमस्टिड पशुपति नाथ मन्दिरमा गएर भगवान शिवको पूजा गरेका थिए ।
तस्विरहरुः कृष्ण सुवेदी, के के मूभिज प्रोडक्सन
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई