
काठमाडौँ, ६ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले यातायातसम्बन्धी कामलाई प्रभावकारी, सुलभ र जनमैत्री बनाउन सेवा प्रदायक कार्यालय थप्ने लगायत चारबुँदे निर्देशन दिनुभएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक र सचिव अर्जुनकुमार कार्कीलाई आज बिहान निवासमा बोलाई प्रधानमन्त्रीले यथाशीघ्र उपत्यकामा तीनवटा सेवाप्रदायक कार्यालय थप्न निर्देशन दिनुभएको हो ।
सो अवसरमा प्रधानमन्त्री दाहालले “उपत्यकामा सवारी चालक अनुमतिपत्र (लाइसेन्स), ब्लुबुकको नवीकरण, ‘रुट परमिट’ लगायतका कामलाई सेवाग्राहीको चाहनाअनुसार सहज बनाउन भक्तपुरमा एक र काठमाडौँमा दुई गरी तीन यातायात व्यवस्था कार्यालय थपेर छिटो सेवा दिने व्यवस्था गर्नुहोस्” – उहाँको निर्देशन उद्धृत गर्दै स्वकीय उपसचिव मनोहरि तिमल्सिनाले राससलाई जानकारी दिनुभयो ।
सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाका लागि विद्यालय, क्याम्पसको भवन भाडामा लिएर छ महिनामा एकैचोटी चार, पाँच हजारको सङ्ख्यामा परीक्षा दिन सकिने व्यवस्था गर्न, अनलाइन फारामको व्यवस्था गर्न, नवीकरण, ‘रुट परमिट’ लगायतका कामलाई अनलाइन प्रणालीबाट प्रारम्भ गर्न, क्याम्पसका स्वयम्सेवा गर्न चाहने विद्यार्थीलाई अभिमुखीकरण तालिम दिएर काममा खट्नसक्ने व्यवस्था मिलाउन पनि प्रधानमन्त्री दाहालले निर्देशन दिनुभयो ।
सो अवसरमा मन्त्री लेखकले आवश्यक गृहकार्य गरेर प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएको स्वकीय उपसचिव तिमल्सिनाले बताउनुभयो ।
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न