
बेरुत (लेबनान), २८ साउन । इस्लामिक स्टेट (आईएस) समूह पक्षधर विद्रोही लडाकूले उत्तरी सिरियाबाट करिब दुई हजार नागरिकलाई अपहरण गरी लगेको अमेरिकी नेतृत्वको सुरक्षा बल तथा यहाँको मानव अधिकारवादी समूहले बताएका छन् ।
यस पहिले इस्लामिक जिहादी विद्रोहीको पकड रहेको उत्तरी सिरियाको मानविज इलाकामा भाग्ने क्रममा करिब दुई हजार स्थानीयलाई अपहरण गरी लगेका बताइएको थियो ।
उनीहरुलाई मानव ढाल बनाई आफ्नो पकड भएको इलाकामा लगेको र उनीहरुलाई लगेपछि कुन अवस्थामा राखिएको छ भन्नेबारे जानकारी प्राप्त हुन भने नसकेको सिरियाली मानवअधिकारवादी सङ्घसङ्गठनले बताएका हुन् ।
गएको हप्ता सिरियाली डेमोक्रेटिक फोर्स अर्थात् अरब कुर्दिस गठबन्धनले आईएस विद्रोहीलाई मानविजबाट भगाएका थिए ।
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा