
काठमाडौँ, २६ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि जापानी राजदूत मासासी ओगावाले आज भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको भेटका क्रममा द्विपक्षीय हितका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालले नेपालको जापानसँग पुरानो तथा मित्रवत् सम्बन्ध रहेको बताउँदै नेपालको विकासमा जापान सरकारले गरेको सहयोगको प्रशंसा गर्नुभएको थियो ।
सो अवसरमा राजदूत ओगावाले नेपालमा स्थिरता, विकास र समृद्धि भएको जापानले हेर्न चाहेको प्रस्ट पार्नुभयो ।
विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री वालेन्द्र शाह
मगर संघ यूकेको ‘नेपाली ओपन कन्सर्ट’ जुलाई २५ मा, मन्त्र ब्यान्डको प्रस्तुति रहने
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस