
मुस्लिम समुदायको महान पर्व इद इदुल्ल फित्रका दिन बिहीबार नमाज पढ्दै इस्लाम धर्मावलम्बीहरु । तस्बिर ः रत्न श्रेष्ठ, रासस
विराटनगर, २३ असार । मुस्लिम धर्मावलम्बीले आज इद–उलफितर पर्व उत्साहका साथ मनाइरहेका छन् ।
रमजानको एक महिनाको अवधि पूरा भएको रात्रिमा चन्द्रमाको अवलोकन गरेको भोलिपल्ट यो पर्व मनाउने गरिन्छ । यस पर्वको अवसरमा आज बिहानदेखि मोरङ, सुनसरीलगायत जिल्लामा मुस्लिम धर्मावलम्बीले बिहानैदेखि मस्जिद वा इदगाहमा पुगेर पर्वको शुभारम्भ गरेका छन् ।
सो अवसरमा बिहान नयाँ वस्त्र धारण गरेर मस्जिद वा इदगाहमा पुगेर अल्लाहलाई नमाज अदा गरी एकापसमा गला मिलाएर शुभकामना आदान–प्रदान गरिरहेका छन् ।
विराटनगरस्थित मस्जिदमा पनि हजारौँको सङ्ख्यामा मुस्लिम धर्मावलम्बी भेला भएर सामूहिक रुपमा नवाज अदा गरेर पर्व मनाइरहेका छन् । यसका साथै विभिन्न परिकारका भोजन पकाएर खाने, इष्टमित्रलाई खुवाउने, गरिबलाई अन्न, वस्त्र र नगद दान गर्ने यो पर्व तीन दिनसम्म मनाइन्छ ।
काठमाडौँ, २३ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली इस्लाम धर्मावलम्बी दिदी बहिनी तथा दाजुभाइमा सुखशान्ति र समृिद्धका लागि हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।
धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा मनाइने इद उल फित्रजस्ता विशेष पर्वले देशभित्र बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी र समुदायबीच आपसी मेलमिलाप, सद्भाव र भाइचाराको प्रवद्र्धन गर्दै आफ्ना ऐतिहासिक एवम् मौलिक संस्कृति र परम्पराको संरक्षण तथा सम्वद्र्धन गर्न महत्वपूर्ण योगदान पुरयाएको राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।
रमादानका अवसरमा लामो उपवास बसेर आत्मा शुद्धीकरण गर्ने र आफन्तबीच खुसी साटासाट गरी मनाइने यस पर्वले हाम्रो आत्मा शुद्ध भई आपसी सद्भाव र सहिष्णुता अभिवृद्धि गर्न अझ बढी सहयोग पुरयाउने हुँदा यो पर्वले हामी सबैमा भाइचारा, मेलमिलाप, एकता र शान्तिको प्रेरणा प्रदान गर्न सकोस् भन्ने राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्रीले शुभकामना सन्देशमा यस पर्वले हामी सम्पूर्ण नेपालीमा शान्ति, समृद्धि, भ्रातृत्व, सद्भाव, सहिष्णुता र एकताका लागि प्रेरणा प्रदान गरोस् भनी शुभेच्छा व्यक्त गर्नुभएको छ । विभिन्न धर्म, संस्कृति, वेषभूषा, रहनसहन र पहिचानको विविधताले हाम्रो मुलुक सुसज्जित रहेको र यहाँका हरेक जातजातिका आ–आफ्नै मौलिक संस्कृति र पहिचान रहेको प्रधानमन्त्री कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
हामी नेपालीले सदियौँदेखि एकअर्का समुदायका धर्मसंस्कृति र परम्पराको सम्मान गर्दै आएका र इतिहासदेखि कायम रहँदै आएको हामीबीचको सद्भावयुक्त संस्कृतिको निरन्तरता आवश्यक रहेको सन्देशमा उल्लेख गरिएको छ ।
अन्त्यमा, सम्पूर्ण नेपालीबीचको एकता, हार्दिकता र धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावका लागि यस पर्वका अवसरमा फेरि एकपटक मुस्लिम समुदायमा बधाइ तथा शुभकामना व्यक्त गर्दछु भनी विज्ञप्तिमा भनिएको छ ।
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
बैतडी बस दुर्घटनामा मृतकको सङ्ख्या १३ पुग्यो [अपडेट]
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
रहेनन् अभिनेता सुनिल थापा