
काठमाडौँ, ६ असार । अफगानिस्तानको राजधानी काबुलमा नेपाली सुरक्षा गार्ड सवार सवारीसाधनलाई लक्षित गरी आज बिहान भएको आत्मघाती आक्रमणप्रति राजनीतिक दलले दुःख व्यक्त गरेका छन् ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज एक विज्ञप्ति प्रकाशित गरी घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । “रोजगारीका लागि अफगानिस्तान पुगेका निर्दोष र निहत्था नेपालीको पाशविक, क्रूर र बर्बर हत्याबाट हामी स्तब्ध भएका छौँ”–विज्ञप्तिमा भनिएको छ ।
काँग्रेसले घटनामा परी मृत्युवरण गरेका नेपालीका परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । मृतकको पार्थिव शरीरलाई सक्दो छिटो नेपाल फर्काउन, घाइतेको उपचारको व्यवस्था मिलाउन र मृतक तथा घाइतेका परिवारलाई उचित क्षतिपूर्ति दिन पनि काँग्रेसले सरकारसँग माग गरेको छ ।
घटना मानवताविरुद्धको अपराध भएको भन्दै काँग्रेसले निन्दा र भत्र्सना गरेको छ । नेपाल एवम् अफगानिस्तानले व्यहोर्नु परेको शोकको घडीमा संयमताका साथ एकजुट भएर अघि बढ्न पनि सभापति देउवाले सबैसँग आह्वान गर्नुभएको छ ।
त्यस्तै, नेकपा (एमाले)ले पनि काबुलमा भएको आत्मघाती आक्रमणबाट आफ्नो पार्टी मर्माहत भएको जनाएको छ । एमालेले जुनसुकै नाममा गरिने यस्ता आतङ्ककारी आक्रमणको भत्र्सना गर्दै मानवताविरुद्धका यस्ता अपराधलाई नियन्त्रण गर्न प्रभावकारी कदम चालिनुपर्नेमा जोड दिएको छ । एमालेले यस कायरतापूर्ण आक्रमणमा परी ज्यान गुमाउने सबै नेपाली दाजुभाइप्रति हार्दिक श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।
पार्टीद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “मृतकका पार्थिव शरीर आफन्तजनसम्म पुरयाउन, घाइतेको उपचार गर्न र प्रवासमा कार्यरत नेपालीको सुरक्षाका लागि प्रभावकारी कूटनीतिक पहल गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ ।”
यसैगरी, नेकपा (माओवादी केन्द्र)ले काबुलमा गरिएको आत्मघाती आक्रमणको कडा शब्दमा निन्दा एवम् भत्सर्ना गरेको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले आज एक विज्ञप्ति प्रकाशित गरी आत्मघाती आक्रमणको विरोध गर्नुभएको छ ।
उहाँले आक्रमणमा परी मृत्यु भएकाप्रति श्रद्धान्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले नेपालीको सुरक्षाको व्यवस्था गर्न र घाइतेको उचित उपचारको पहल गर्नसमेत सरकारसँग माग गर्नुभएको छ ।
फ्रान्सेली दूतावासको सुरक्षा गार्डका रुपमा कार्यरत नेपाली नागरिकमाथि आज बिहान ५.४० बजे गरिएको आत्मघाती आक्रमणमा परी १४ नेपालीको निधन भएको थियो भने पाँच नेपाली घाइते भएका थिए ।
मगर संघ यूकेको ‘नेपाली ओपन कन्सर्ट’ जुलाई २५ मा, मन्त्र ब्यान्डको प्रस्तुति रहने
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
विचार : सहजताको मूल्य र गोपनीयता
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा