
लन्डन । बेक्स्ली नेपाली समाजको वार्षिक भेला सम्पन्न भएको छ । समाजका अध्यक्ष केस बहादुर गुरुङको अध्यक्षतामा मे १५ तारिख आइतबार भेला आयोजना गरिएको हो ।
उक्त कार्यक्रम सञ्चालन महासचिब आनन्द धरेलले गरेका थिए । प्रमुख अतिथी काउन्सिल मेयर सैबिल केम्सीले शुभकामना मन्तव्य दिंदै नेपाली समुदायको कार्यक्रममा सहभागी हुन पाउंदा खुशी लागेको बताए भने अध्यक्ष केसबहादुर गुरुङले संस्थाका गतिविधिबारे प्रकाश पारे । कार्यक्रममा सल्लाहकार हरिहर उपाध्यायले धन्यवाद ज्ञापन र महासचिब आनन्द धरेलले संस्थाको वार्षिक प्रगति बिबरण सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उक्त अवसरमा प्लमस्टिड भान्जी समूह, शिवराम गुरुङ, उमा गुरुङ र सुस्मा ढुंगानाले सांस्कृतिक कार्यक्रम तथा नाच र दिपक थापा, दिब्यानी शर्मा र खुशी धरेलले गीत गाएर मनोरन्जन प्रदान गरेका थिए ।
कार्यक्रममा मेयर सैबिल केम्सी, अतिथीहरु काउन्सिलर नाइजेल बेट, भाल क्लार्क, च्याट म्यान आन्ड्रियू, छिमेकी काउन्सिल डार्टफोर्ड नेपाली समाजका महासचिव दिपक थापा, रोयल बरो अफ ग्रीनवीच नेपाली सोसाइटीका अध्यक्ष कुमार श्रेष्ठ, गोर्खा टिभीबाट गुण देव घिमिरे आदिको उपस्थिति थियो ।
यस काउन्सिलमा करिब १५० घर परिवार नेपाली बसोबास गर्छन् । अन्त्यमा रात्रीभोज र सामूहिक नाचगानपछि अध्यक्षले कार्यक्रम समापन गरेका थिए ।
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
विचार : सहजताको मूल्य र गोपनीयता