लन्डन । दक्षिण पूर्वी लन्डनको ग्रीनवीच बोरोमा नेपाली जनसंख्या वृद्धि हुने क्रम जारी छ । रोयल बरो अफ ग्रीनवीचको पछिल्लो जनगणनामा बरोमा अंग्रेजीपछि नेपाली भाषा बढि बोलिने पाइएको छ ।
केही वर्ष अघिको गणनामा उक्त बरोमा लन्डनभरमा सबैभन्दा बढि नेपाली बोल्ने मानिस छन् जसको संख्या ५ हजार ५८ छ । यो बरोको ३ वर्ष उमेर माथिका कुल जनसंख्याको २ दशमलव १ प्रतिशत र लन्डनका कुल नेपालीभाषीको २६ दशमलव १ प्रतिशत हो । तर, नेपाली समाजका अगुवाहरुले नेपालीको संख्या अहिले करिब २५ हजार पुगेको आंकलन गरेका छन् । भूपू गोर्खाहरुको आवासीय अधिकारसंगै तिनका परिवार समेत बेलायत आएपछि जनसंख्या बढेको हो ।
सन् १९९९ मा बेलायत उत्रिए देखि नै ग्रीनवीच बरो छाडेनन् कुमार श्रेष्ठले । श्रेष्ठ रोयल बरो अफ ग्रीनवीच नेपलिज सोसाइटीका अध्यक्ष हुन् । स्थानीय जनता र काउन्सिलले नेपालीलाई बढि नै माया र विश्वास गर्ने बताउंछन् उनी । ‘काउन्सिल हामीबाट प्रभावित भएर के सहयोग गरौं भनिरहेको छ’, श्रेष्ठले सुनाए, ‘हामीले हरेक सरकारी निकाय र अस्पतालमा नेपाली भाषा लेखिनुपर्छ भनेका छौं । उनीहरु प्रक्रियामा लैजान सकारात्मक छन् ।’ काउन्सिलले नेपाली काउन्सिलर नै भइदिए हुन्थ्यो भन्ने चाहेको समेत श्रेष्ठले जनाए ।
सन् २००६ देखि २०१५ अगष्टसम्म प्लमस्टिड म्यानर स्कुलमा हेरिटेज ल्याङवेज पढाउंथे उनी । एकपटक स्कुलमा आयोजित कन्फेरेन्समा ६० देशका शिक्षकले आ आफ्नो समाजको विधान ल्याए तर श्रेष्ठले सकेनन् किनकि त्यतिबेला नेपालीको साझा समाज नै थिएन । त्यो अभाव खट्किएपछि ग्रीनवीच बरोमा कुनै जातजाती वा वर्ग भन्दा पनि समस्त नेपाल र नेपाली समाजको प्रतिनिधित्व गर्ने संस्था गठन गर्ने सोचले जन्म भएको हो रोयल बरो अफ ग्रीनवीच नेपलिज सोसाइटी । ‘हाम्रो पहिलो चिनारी त नेपाली भनेर हुनुपर्छ’, पासा पुच गुठी साउथ इष्टका संस्थापक अध्यक्ष श्रेष्ठ भन्छन्, ‘मेरो जात नेवार हो तर म पहिला नेपाली हुं ।’ सोसाइटीलाई स्थानीय काउन्सिलले पनि मान्यता दिएको श्रेष्ठ बताउंछन् ।
उक्त संस्थाले स्थानीय अरु नेपाली संघसंस्थासंग समन्वय गरेर नेपाली वालवालिकालाई नेपाली भाषा, संगीत एवं वृद्धवृद्धालाई अंग्रेजी भाषा सिकाउने काम गरिरहेको इकान्तिपुरमा समाचार छ ।
गत सेप्टेम्बरमा ठूलो सर्जरीपछि फिजिओथेरापी गरेर आराम गर्नुपर्ने उनी अस्वस्थताका बीच पनि रातदिन समुदायका लागि खटिरहेका छन् । नेपाल छंदा अर्थशास्त्र र हिसाबका अध्यापक श्रेष्ठ बेलायतमा चाहिं व्यवसाय र समाजसेवामा बढि तल्लिन भए ।
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा